ढुङ्गामा थिचिएर एक महिलाको मृत्यु

जुम्ला :जुम्लामा ढुङ्गाले थिचिएर एक जना महिलाको मृत्यु भएको छ।गुठिचौर गाउँपालिका ४ की ४५ वर्षीय सत्यदेवी अधिकारीको ढुङ्गाले थिचिएर मृत्यु भएको हो।उखाडी गाउँको सादनी सिँचाइ कुलो निर्माणको काम गरिरहेकै अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीले बताए। उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लामा उपचारको लागी ल्याइएको थियो। उनको उपचारकै क्रममा प्रतिष्ठानमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार