जटिल अवस्थाका भर्गवती तथा सुत्केरी बचाउन आवास गृह निमार्ण

फाइल फोटो

जुम्ला :  जुम्लामा जटिल अबस्था भएका भर्गवती तथा सुत्केरी महिलाको लागी आवास गृह बनेको छ । जुम्लाको प्रतिष्ठानमा सुत्केरी हुनु भन्दा पहिला जाँचका लागी आएका गर्भवती महिलामा डाक्टरको सल्ला अनुसार जटिल खालको समस्या देखिएको खण्डमा बस्नका लागी यस्तो अवासको ब्यवस्था गरिएको हो ।

जुम्लाका अधिकांश गाउपालिकामा भरपर्दो प्रसूति सेवा छैन । धेरै भर्गवती महिलाहरु कर्णाली स्वास्थ्य बिज्ञानको प्रसुति गृहमा आउने गरेका छन । महिलाहरु प्रसूति सेवाका लागि जुम्ला सदरमुकाममा रहेको प्रतिष्ठानमा आउने गरेकाले जटिल खालका भर्गवती महिला र सुत्केरी भइसके पछि पनि अस्पताल भर्ना गर्नु पर्ने अबस्थाका सुत्केरीलाई जनस्वाथ्य सेवा कार्यालय जुम्लाले आवासको ब्यवस्था गरेको हो ।
जसकारण उनीहरु अकालमै ज्यान गुमाउन नपरहोस भन्ने मुख्य उद्देश्य रहेको जनस्वाथ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व कार्यक्रमका सम्पर्क ब्यक्ति मोर्चा शाहीले बताइन । उनले भनिन,’यसले गर्दा जटिल खालका गर्भवती महिलालाई निकै सजिलो हुने छ ।

हिमाली तथा पाहाडी जिल्लाका भर्गवती महिला हरु घरमै सुत्केरी हुने दर शुन्यमा झार्ने लक्ष्यका साथ संघिय सरकारले यस्तो कार्याक्रम लागु गरेको हो । उनका अनुसार,’अहिले चारवटा कोठा तत्कालको लागी भाडामा लिइएको छ । उनले थपिन,’संघिय सरकारको पहिलो कार्यक्रमा हो ।यसको उद्देश्य संस्थागत्त सुत्केरी हुने दर बढाउने हो ।
यस पटक सामाग्री सहित खानाको ब्यवस्थापन गरेको छ । अर्को सालमा कोठा भाडा र खाना खर्च मात्रै पठाउने देखिन्छ । उनका अनुसार यो कार्यक्रम लागु भए पछि होम डेलिभरी (घरमा सुत्केरी हुने) सुत्केरी महिलाको दर घट्ने देखिन्छ ।

यो कार्यले जटिल समस्या भएको सबै महिलाहरु गर्भ जाँचदेखि लिएर बच्चा जन्माउन स्वास्थ्य संस्थामा आउने देखिन्छ ।उनीहरुलाई बस्ने आवास गृहमा तातो चिसो पानीको ब्यवस्था ,भान्सा, लगायत आधार भुत्त आवश्यकताका सामाग्रीहरु राखिएको छ ।उनले भनिन,’अब जटिल खालका समस्या भएका ‘सुत्केरी सेवा नपाएर ज्यान गुमाउनु पर्दैन । चिकित्सकहरुका अनुसार तीनवटा कारणले गर्दा सुत्केरी हुने क्रममा आमा, बच्चा अथवा दुवैको ज्यान जोखिममा पर्छ । यो कार्यक्रमले उनीहरुको लागी सहज हुनेछ ।

त्यस्तै सरकारले यस अघि देखि सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएका महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाइमार्गबाट सुविधासम्पन्न अस्पताल पु¥याउने गरेको छ ।जटिल अवस्थामा सुत्केरी हुने क्रममा आमा, शिशु वा दुवैको पनि ज्यान जाने गरेको छ ।

 

 

सम्बन्धित समाचार