पत्रकार महासंघ जुम्लाले गर्यो ६९ जनाको सदस्यता खारेज गर्न सिफारिस

जुम्ला : नेपाल पत्रकार महासंघ शाखा जुम्लाले ६९ जनाको सदस्यता खारेज गर्न सिफारिस गरेको छ ।पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई प्रभावकारी कार्यान्वयन गर्नका लागी ६९ जनाको सदस्यता खारेज गर्न सिफारिस गरेको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले थालेको ‘शुद्वीकरणको मापदण्डमा नपर्ने हरुको सदस्यता खारेजीको लागी सिफारिस गरिएको पठाएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।सदस्यता खारेजीको सिफारिसमा महासंघ दाङ शाखाका सचिव आरके शीतल, सदस्यहरू गिरिराज नेपाली, सन्तोष केसी र उदय बिसी पनि परेका छन् । उनका अनुसार लामो समसय सम्मा पत्रकारिता पेसामा निष्क्रिय भएका ,सरकारी जागिरे भएका तथा मुख्य पेसा अरु बनाएका हरुको सदस्यता खारेजीको सिफारिस गरिएको हो । यस पटक महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले जुम्लाका ६९ जनाको सदस्यता खारेजीको लागी सिफारिस गरिएको हो । १०३ सदस्यमध्ये क्रियाशिल ३४ जना पत्रकार मात्रै नविकरण गरेर प्रदेश र केन्द्रको महासंघमा पठाएको छ ।

त्यस्तै महासंघकोे जेठ २५ गते बसेको वैठकले कुनै समयमा पत्रकारिता गरिरहेका तर हाल काममा नरेहका, विभिन्न तहमा सरकारी कर्मचारी, स्थानीय तहका उम्मेदार उठेका र मुलपेशा अर्को वनाएर पत्रकारिता गरिरहेका व्यक्तिहरुको ससम्मान विदाई गरिएको महासंघका सचिब मानदत्त रावलले बताए । उनले भने,यस पटक नेपाल पत्रकार महासंघ शाखा जुम्लामा विधान अनुसार आवेदन आएकामध्ये सदस्यता छानविन भई नविकरण भएकोे छ ।

महासंघमा नयाँ सदस्यताका लागि परेका २२ जनाको आवेदनका आधारमा ८ जना नयाँ सदस्य सिफारिस गरिएको छ । जसमा सात जना नयाँ सदस्य आउनेमा महिला पत्रकार रहेका छन ।महासंघको ईतिहासमा गैरपत्रकारहरुको छाता संगठन भएको ठूलो आलोचना खेपिरहेको समयमा ऐतिहासिक तथा साहसिक निर्णय गरेर शुद्धीकरण गरेको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले बताए । पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियानलाई यो पटक तीव्र पारेको छ ।

 

 

सम्बन्धित समाचार