रैथाने वाली उत्पादनलाई प्रथामिकता दिइने छ : कृषि मन्त्री शर्मा


जुम्ला स् कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको रैथाले उत्पादनलाई प्रथामिकथा दिने बताए । उनले नेपाल पत्रकार महसंघ जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा स्थानीय बालीको संरक्षण र प्रर्बाधनका लागी पहिलो प्रथामिकता रहने बताएका हुन । कृर्षि उत्पदनलाई बृद्धि र रोजगारी सृजना प्रदेश सरकारको प्रथामिकतामा रहेको बताए । आगामी नीति कार्यक्रम र बजेटमा उत्पादन बृद्धि र रोजगारी सृजनालाई प्रथामिकता दिने उल्लेख गरेका गरेका छन । उनले भने,’ गरिब कर्णालीको शत्रु हो । आगामी नीति कार्यक्रममा सरकारले गरिबी र बेरोजगारी अन्त्यका लागी कृर्षि उत्पादन जोड दिइने छ ।

कर्णाली प्रदेश सरकारले भेडा पालक कृषक हरुलका लागी गोठालो भर्ता र जुम्ली घोडा संरक्षणको कार्यक्रम अगाडी बढाएको छ । कृषि उत्पादनक्षेत्रलाई बढुवा दिने लक्ष्य अनुसार कृषिमा यूवा आर्कषित हुने नीति अबलम्बन गरी कृषि ऋणमा ब्याज अनुदान,सहुलियत ऋण,ढुवानीमा सहुलियत,बजार प्रर्बद्धन,उत्पादनका आधारमा अनुदान लगायतका कृषि नीतिमा जोड दिईने मन्त्री शर्माको भनाई छ ।
मुलुकमा निम्तीएको आर्थिक संकटले उत्पादन बृद्धिलाई जोड दिनुपर्ने पाठ सिकाएको छ । गत साता सुर्खेतमा सम्पन्न कर्णालीका ७९ वटै स्थानीयतहका प्रमुखको बैठकमा आगामी नीति र बजेटमा रोजगारी उत्पादन बृद्धिलाईनै प्रथामिकता दिने निर्णय भएको उल्लेख गरे ।

उनले प्रदेस सरकारले दिने अनुदान बिचौलिया मोटाएको,झयालबाट योजना आउने प्रबृत्ति अन्त्य हुने बताए । पत्रकारहरुको प्रश्नमा मन्त्री शर्माले आफ्नो कार्यकालमा विधि संवत माग भई आएका आबश्यकतामुखी योजना मात्रै स्वीकृत हुने प्रतिबद्धता व्यक्त गरे ।
विश्वकै उच्च स्थानमा मार्सी फल्ने छुमज्युलाको विकास,जुम्लाको स्याउ,मार्सीधान,ओखर सिमिको उत्पादन बृद्धि र बजारको सुनिश्चिता समेत सरकारले सहजीकरण गर्ने नीति ल्याउने बताए ।

कर्णालीको बहुमुल्य जडिबुटिको प्रशोधनका लागि आगामी नीति कार्यक्रममा उद्योग स्थापना गर्ने समेत तयारी भएको छ । मन्त्री शर्माले थप्नुभयो,“कर्णालीलाई २०७५ मै अर्गानिक प्रदेश घोषणा गर्ने नीति लिइएको छ । विगतका सरकारले सडक र पूर्वाधारमा बढी लगानी गर्नु त्यतिबेलाको आबश्यकता थियो । अब उत्पादन बृद्धिनै लगानी बढाउनु पर्ने बेला आएको छ किसानको उत्पादन सुरक्षित गर्न अनिवार्य कृषि बाली बिमाको कार्यक्रमलाई समेत नीतिगत रुपमा कर्णाली सरकारले अब रोजगारी सृजना तथा उत्पादन बृद्धिमा मात्रै लगानी बढाउने पहिलो प्रथामिकता रहेको मन्त्री शर्माको भनाई छ ।

 

सम्बन्धित समाचार