चुकेनी जलविद्युत आयोजनाको क्यानल गुणस्तर हीन

जुम्ला : जुम्लाको चुकेनी जलविद्युत निमार्ण धिन आयोजनाको क्यानलको काम गुणस्तर हिन पाइएको छ ।पातारासी गाउँपालिका– १ गडीगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको क्यानलको काम गुणस्तर हिन देखिएको हो ।
९ सय ९८ किलोवाट बिजुली उत्पादन गर्ने यो आयोजना गौरवको आयोजनाको क्यानल ठाउँठाउमा चर्किएका छन ।आयोजनाको क्यानल गुणस्तर हिन काममा ढिलासुस्तीभएको जनगुनासो आएपछि जिल्लाका सरोकारवाला निकायले अनुगमन गरेका छन ।


जुम्लाको जिल्लाले आशा गरको आयोजनामा ढिलासुस्तीको बारेमा अनुगमन गर्न आएको जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बताए । उनले भने,’जुम्लाको समृद्धीको सपना संग जोडिएको आयोजनाको काम तोकिएको समयमा सम्पन्न नहुनु दुखत पक्ष हो । उनले भने,”यो आयोजनाले यहाका नागरिको अध्याँरोमा बस्नु पर्ने बाध्यता अन्त्ये गर्ने भएकाले आयोजनाको क्यानल गुणस्तरतामा ध्यानु दिन जरुरी छ । उनले भने”,यो आयोजनाको क्यानल ठाउँठाउँमा चर्किएको छ ।यो ठेकेदारको कमीजोरी हो ।


यो आयोजनाको प्याकेज १ को २०७६ जेठ १० गते आयोजना सम्झौता भएको थियो। यही वैशाखमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम भने ७० प्रतिशत मात्रै पूरा भएको छ। यो जिल्लाकै गौरवको आयोजना हो । यो आयोजना निमार्ण हुदै गर्दा क्यानल चर्चिएको छ । पातारासी गाउँपालिकाका अध्यक्ष पुण सिंह बोहोराले आयोजनामा भएको ढिला सुस्तीबारे चिन्ता ब्यक्त गरेका छन । उनले स्थानीय कामदार थपेर आयोजनाको काम सम्म पन्न गर्न अनुरोध गरे ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले आयोजनाको गुणस्तर र ढिलासूती बारे जिम्मेवार ठेकेदार संग चुकेनी जलविधिुतको प्रगती बिवरण माग्ने बताए । उनले चुनेकी जलविधुत्को बारेमा सरोकारवालाको बैठक बोलाएर प्रतिबद्धता जाहेर गर्न लगाउने बताए ।

त्यस्तै बिभिन्न समस्यााका कारण यो आयोजनाको काम ढिला भएको आयोजना निमार्णका प्रबन्धक चन्द्र क्षेत्रीले बताए । उनले भने, चुकेनी विद्युत् आयोजना दशैमा बत्ती बाल्ने गरी तयारी गरिहरेको बताए । उनले केही समस्याका कारण यो आओजनाको क्यान चर्किएको बताए । उनले भने,”चर्किएको भाग भत्तकायर फेरी निमार्ण गरिनछ । यस अघि सम्झौता हुदा आउँदो वैशाख महिनाभित्र बिजुली बाल्ने गरी योजनाको काम भन्ने थिए । वद्युतगृह निर्माण र पाइपलाइन विस्तारको काम हुदैछ । आयोजनाको बजेट ४२ करोड रहेको छ ।आयोजनामा गाउँपालिकाले सबै घरधुरीलाई सेयर लगानीमा समेटिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चाय ,शशस्त्र प्रहरीबलका एसपी चेत्तराज जोसी सहितको टोली लिइ अनुगमनम गरिएको छ ।
त्यस्तै तीन हजार तीन सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय उपाध्यक्ष जुनमाया रोकायाले बताइन। उनले भनिन,’ विद्युत् आयोजनामा कामदारको समेत सेयर लगानी छ ।

त्यस्तै एक हजार एक स्थानीयले व्यक्तिगत रूपमा झन्डै ९० लाख रुपैयाँ सेयर लगानी गरेको पातारासी गाउँपालिकाको छ । ठेकेदारका ढिलासुस्तीका कारण यो जनाको काम छिटोछरीतो भएको छैन ।आयोजना सम्पन्न गर्नका लागी पालिकाले आबश्यक पहल गर्ने बताइन ।

त्यस्तै वैकल्पिक उर्जाका पृथ्वी शाहीले वैकल्पिक उर्जाले ३० करोडको लगानी गरेको बताए । उनले भने,’क्यानलको गुणस्तर नभएको कुरा आयोजना हेरिरहेका प्राविधिक जिम्मेवार हुने बताए । उनले चुकेनी जलविद्युतको क्यानलमा भएको गुणस्तरका बारेमा यहाको समिति बसेर भत्तकाउने निणर्य भएको बताए । उनले भने,’क्यानल धेरै ठाउँमा चर्किएको छ, यसको बिलपनि उठाइएको छैन । यसलाई फेरी बनाउने बताए ।
त्यस्तै ठेकेदारका ढिलासूस्तीले चुकेनी जलबिधुत सहकारी ढुब्ने सम्भावना रहेको स्थानीय रुपा रातवले बताइन । उनका अनुसार चुकेनी जलविद्युत सहकारी मार्फत २५ जनाले आफ्नो लालपुर्जा राखेर ६ कारोड कृषि बिकास बैंकबाट ऋण निकालेका छन । यो आयोजनाले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या हल गरी जिल्लालाई नै उज्यालो बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार