राष्ट्रिय महिला आयोगले जुम्लामा सामाजिक विकृति बारे अन्तरक्रिया गर्ने

जुम्ला : राष्ट्रिय महिला आयोगले जुम्लामा सामाजिक विकृति बारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । बालविवाह, छुवाछुत,बोक्सीप्रथा जस्ता सामाजिक विकृति बिरुद्धको अन्तरक्रिया गर्ने भएको छ ।राष्ट्रिय महिला आयोगद्वारा आयोजित आयोगका माननीय सदस्य श्री कृष्ण कुमारी पौडेलज्यूको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालय,जुम्लाको सभाहल उक्त कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रम १९ गते साढे दश बजे हुने भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए । उनका अनुसार जुम्लाका सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यत्र,म हुने भएको छ ।
सामाजिक विकृति परम्परा र संस्कार स्रोतका रुपमा देखिन्छ ।यी ग्रन्थमा पितृसत्ता, सामन्तवाद, अधिनायकवाद, पुरुषत्व आदि दर्शन र दृष्टिकोण यसरी अन्तरनिहित भएका हुन्छन् कि त्यसकै कारण सामाजिक विकृतिहरुको जन्म हुनेगर्दछ । समाज व्यवस्थापनका लागि भनेर बनेका नियमहरु नै सामाजिक विकृतिका स्रोत बन्नपुग्छन । बोक्सी कूप्रथा विरुद्ध अभियन्ताहरु लडिरहेका छन । कानुन अनुसार कसैलाई पनि बोक्सा–बोक्सी भनेर सम्बोधन गर्नु मात्र पनि दण्डनीय हुने ब्यवस्था छ ।

सम्बन्धित समाचार