जुम्ला : हिमागउँपालिकाका निवर्तमान अध्यक्षको निधनमा शोक विदा दिइएको छ । हिमा गाउँपालिका जुम्लाका निवर्तमान अध्यक्ष स्व। रज बहादुर शाहीको सम्झनामा पालिकाले सार्वजनिक विदा दिइएको हो । निवर्तमान अध्यक्षको २०८० साल बैसाख १५ गतेका दिन कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा असामहिक निधन भएको थियो ।
हिमागाउँपालिकाले उनको सम्मानमा गाउँपालिकाले शोक मनाउन मिति २०८० वैशाख १७ गते आईतवारका दिन यस पालिका मातहतका संपूर्ण सरकारी कार्यालय र सामुदायीक विद्यालयहरुमा विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । उनका अनुसार गाउँपालिका स्थित सम्पुर्ण सरकारी कार्यालयमा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।
स्व। अध्यक्ष रज बहादुर शाही ज्यूको १३ औं दिनको पुण्य तिथिको अवसरमा गाउँपालिकाको कार्यालयमा शोकसभाको आयोजना गरिने छ । पालिकाका अध्यक्ष शाहीले हस्ताक्षेर गरेको सार्वजानिक भएको सुचनामा स्वास्थ्य सेवाको हकमा आकस्मिक सेवा खुल्ला रहने बताइएको छ ।
त्यस्तै अग्रज तेता शाहीको निधनले जुम्लामा ठुलो क्षेति भएको छ । स्वर्गीय शाही नेकपा माओवादी संञ्चालन गरेको दश वर्षे जनयुद्धमा भुमिगत थिए । उनी पाटीको जिल्ला उपाध्यक्ष हुदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।