हिमा गाउँपालिका निवर्तमान अध्यक्ष रजबहादुर शाहीको निधन
जुम्ला ः हिमा गाउँपालिकाका निवर्तमान अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ । शाहीको बाँकेको कोहलपुर मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वाँकेको कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर रेशम रानाका अनुसार उनको सेप्सिसको समस्या थियो । डाईरेक्टर रानाका अनुसार पेटमा रगत संक्रमण भई जमेको अवस्थामा अस्पताल ल्याईएको थियो । जमेको रगत सफा गरियो अझै नभएपछि शल्यक्रिया मार्फत उपचार गरिएपनि बचाउन नसकिएको बताए ।
निवर्तमान अध्यक्ष शाहीको अप्रत्यासित निधनले जुम्ला जिल्ला शोकमग्न भएको छ । सामाजिक सञ्जालमा अप्रत्यासित घटनाले तातिएको छ । नेकपा माओवादी केन्द्रले शुरु गरेको जनयूद्धकाल देखी विभिन्न पदमा हुदै पार्टीको जिल्ला उपाध्यक्ष, वि.सं २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुदै अहिले नेकपा माओवादी केन्द्रको प्रदेश कमिटि सदस्यमा थिए ।हिमा गाउँपालिकाका पूर्वध्यक्ष शाहीको दाहसंसकार आफ्नै घर जुम्लाको हिमा गाउँपालिकामा गरिने भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शव शुक्रबार कोहलपुरवाट जुम्ला हिडाल्ने तयारी भएको र शनिवार हिमा नदिमा दाहसंस्कार गरिने भएको छ ।