जुम्लामा पहिलो पटक हात्तीपाइले रोगको सर्वेक्षण हुदै

जुम्ला ः जुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण गरिने भएको छ । कक्षा ४ देखी ८ कक्षामा अध्यायनरत्त छात्र छात्राहरुमा पहिलो पटक सर्वेक्षण गरिने भएको हो । कक्षा ४ देखी ८ का छात्र छात्राहरु अधिकतम ९ देखी १४ वर्ष उम्मेर समुहका हुने भएको भएकाले यसले नयाँ संक्रमण भए नभएको मापन गर्न सजिलो हुने भन्दै उनीहरुका सर्वेक्षण गरिने भएको किटजन्य रोग अनुसन्धान तथा तालिक केन्द्रका भेक्टर कन्टोल अधिकृत कुमार प्रसाद पौडेलले बताए । उनले भने , जुम्लामा शुक्रबारबाट सूरु भएको छ ।हिमाली जिल्ला कालिकोट ,जुम्ला , मुगु र हुम्लामा हात्तीपाइले रोगको सर्वेक्षण गरिदैछ । उनका अनुसार जुम्लाका ३२ वटा बिद्यालयमा गरिदैछ ।

जसमा शुक्रबार गुठीचौरगाउँपालिकाको सत्यावती माविमा गरिएको छ । त्यहा संक्रमाण देखीएको छैन । एक बिद्यालयका १६ जना बालबालिकालाई गरी जिल्ला भरका ४ सय ८० जनालाई जाँच गरिने छ । यो उमेर समुहका वाल वालिकाहरुको रोगको जोखिम क्षेत्रमा आवत जावत न्यून हुने भएकाले यो समुहमा नया संक्रमण भए नभएको यकीन गर्न खोजिएको हो । जुम्लाका आठ वटै स्थानीय तहकालाई समेटिने गरी सामुदायिक बिद्यालयका अध्यायनरत्त बालिवालिकामा जाँच गरिदै छ ।किटजन्य रोग अनुसन्धान तथा तालिक केन्द्रका निर्देशक केशव राज पण्डिते भने, हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ।

संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन।हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ।
उनका अनुसार यस अघि हिमाली जिल्लामा थिएन । तर अहिले जलवायुपरिवर्तन संगै लामखुट्टेको टोकाइ बाट सर्ने गर्दछ । यस कारण जेखिम मापन गर्न बाकी जिल्ला ८ (हिमाली) रहेका छन । ४ वटा तत्काल गरिदैछ । उनका अनुसार नेपालका ७७ जिल्ला मध्य ६४ जिल्ला जोखिममा रहेका थिए ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म आम औषधी सेवन मार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने कार्य अगाडी बढाएको छ ।

त्यस्तै जनस्वास्थय कार्यालय जुम्लाका प्रमुख कृष्ण सावकोटाले हात्तीपाईले रोगबाट बच्न दुई थरि औषधिहरु प्रयोग गरिने बताए । उनले जुन पूर्णरुपमा सुरक्षित मानिन्छ। यी औषधि दसौं बर्षदेखि विश्वभरी प्रयोग हुँदै आइरहेका छन्। हालसम्म विश्वभर अरबौं मात्रामा र नेपालमा पटकपटक गरी १० करोडभन्दा बढी मात्रामा यी औषधि खाइसकिएको छ। तर जुम्लामा यो रोग भए नभएको पत्ता लगाउनका लागी सर्वेक्षण हुने लागेकोले सबैलाई सहयोग गर्न अनुरोध गरे ।


राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सम्बन्धी शुक्रबार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा मकमानपुर र जनस्वास्थ्य सेवा कार्यालय जुम्लको आयोजनामा गरिएको जिल्लास्तरीय एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

त्यस्तै कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार धिमिरेले रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्नु पर्ने बताए । उनले यो रोग सम्बन्धीको जाँच सूरु हुनु राम्रो पक्ष हो । यसलार्य पालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबैले सहयोग गर्नु पर्छ ।
त्यस्तै जिल्ला जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले हात्तीपाइले रोग कसरी लाग्छ भन्ने बारेमा सबैलाइ जानकारी हुन जरुरी रहेको बताए । उनले जुम्लाका हुने सर्वेक्षणमा सबै विद्यालयहरु आ–आफ्नो तहतप्का बाट सहयोग गर्न अनुरोध गरे ।

त्यस्तै चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले हात्तीपाइले रोगको रक्त नमुना संकलन तथा जांच कार्यका लागि खटिने कर्मचारीहरुलाई सहयोग गर्न तयार रहेको बताए । उनले भने,”नेपाल सरकारको राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमबारे जानकारी भएको छ । नेपाल सरकारको प्राथमिकतामा परेको राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सफल पार्नका लागी सबै निकाय तयार छौ ।

त्यस्तै राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सम्बन्धी शुक्रबार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा मकमानपुर र जनस्वास्थ्य सेवा कार्यालय जुम्लको आयोजनामा गरिएको जिल्लास्तरीय एक दिने अभिमुखीकरण गोष्ठीमा हात्तीपाइले (फाइलेरिया) सरूवा रोग हो र यो लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिन्छ र हात्तीपाइले रोग लाग्दा देखिने लक्षणहरु बारेमा जानकारी गराइएको छ ।

सम्बन्धित समाचार