जुम्ला ः कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई जुम्ला स्याउबाटै समृद्धिको जिल्ला बनाउन तर्फ प्रदेश सरकार लागेको बताए । उनले स्याउ सहित कृषि वन पैदावर नै कर्णालीको मुख्य आर्थिक स्रोत हुने भएकाले यस क्षेत्रमा लगानी गरिने बताएका हुन ।
त्यस्तै नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको जुम्ला विकासका सम्भावना बिषयक साँझा बहस कार्याक्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले हरेक किसानले कम्तिमा ५० हजार भन्दा माथी स्याउबाट नगद आम्दानी गर्न सक्ने बताउनु पर्ने बताए । उनले स्याउमा राम्ररी लगानी गरी थप पूर्वाधार तयार पर्नु पर्ने आवश्यक रहेकोमा जोड दिए । उनले राजनितिक परिवर्तन भयो । तर जनताको अवस्था परिवर्तन गर्नका लागि सबै संगको सहकार्य अनिवार्य रहेको बताए । उनले थप,”केही भएन भन्ने नभई संघीयताले गाउँमा सिंहदरवार आएको उदाहरण दिए ।उनले भने कर्णालीमा जतिहुन पर्ने तेति बिकास हुन नसकेको स्वीकार गरे ।
जुम्लामा सवै राजनैतिकदलको उपस्थितिमा विकासको वहश हुनु नमूना भएकाले आफुले कर्णालीका सवै जिल्लाबाट आएका सूझाव सुझाव अनुसार प्रदेश सरकारले काम गर्ने बताए । मुख्यमन्त्री शर्माले कर्णाली आफ्नो आन्तरिक आम्दानीमा पछाडि भएकाले राजश्व बढाउन कृषि, वनपैदावर उद्योगलाई तत्काल उत्पादन गर्न आवश्यक रहेको बताए । अहिले कर्णाली सरकारले शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधारको तयार गर्दै आएको बताए । मुख्यमन्त्री शर्माले कर्णालीको विकास र समृद्धिका लागि समाजवादको वहश पनि शुरु गर्न आवश्यक भएको भन्दै यूवा र वुद्धिजीवि वर्गले वहश थाल्नुपर्ने बताए ।
उनले जुम्ला सुनको थालीमाथि वलेको दियो संज्ञा दिर्दै सख भाषाको जन्मस्थल मात्रै नभई भूगोल र उत्पादनको हिसावले भरोषाको जिल्लाको सम्भावनालाई चुम्नुपर्नेमा जोड दिए ।त्यस्तै कर्णाली विकास आयोगका सस्थापक अध्यक्ष डाक्टर कलबहादुर रोकायाले जुम्लाको राजनैतिक र भौगोलिक अवस्था, खस साम्राज्य देखी हाल सम्मको राजनैतिक तथा प्रशासनिक अवस्था र ईतिहास, गरिविको अवस्था, कृषि योग्य भूमि, वनजंगल, चरन क्षेत्र, हिमाल चट्टान खोला नाला सहित सम्भावनाका स्रोत, हाल सड्कको अवस्था, विधुतको अवस्था, कुल सिंचित अवस्था, स्वास्थ्य लगायतका बिषयमा कार्यपत्र प्रस्तुत गरेपछि सो कार्यपत्र माथी छलफल तथा सुझाव संकलन गरिएको छ ।
त्यस्तै नेकपा माओवादी जुम्लाका ईन्चार्ज तथा पूर्वमन्त्री नरेश भण्डारीले सवै राजनैतिकदलहरु, जुम्लाका सरोकारवाला निकायहरु बिच जुम्लाका बिकासका सम्भावना सम्बनधी साझा बहस हुने भएको छ । उनले भने,’जुम्ला समृद्धीको लागी सबै जुट भएमा यहको विकास र समृद्धि अगाडी बढ्ने भएकोले साझा सुझाव संकलन तथा अन्तरक्रिया गरिएको छ ।
त्यस्तै कार्यपत्र माथी सुझाव दिदै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जिल्लाको विकास समृद्धिका लागि राजनैतिक दलहरु एक जुट भएर अगाडि लाग्न प्रेरित गर्ने कार्यक्रम उक नमुना भएको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भित्रको वेथिति सुधार्नुपर्ने बताए ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन सिंह कठायतले कर्णालीमा विकास र सम्भावनाका लागि सम्वन्धीत कार्यालयगत दक्षताका आधारमा योजना निर्माण गरिनुपर्ने बताए । उनले जिल्लाका साझा कामका लागि सवै दल र निकाय एकजुट हुनु आबश्यक छ । त्यस्तै नेकपा एमालेका पार्टी सचिव धनकृष्ण पाण्डेले कर्णाली सरकारले निति कार्यक्रममा साझा ल्याएमा समृद्धि हुनेमा जोड दिए ।
त्यस्तै गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले सरकारले मात्रै नभई नागरिकले पनि श्रमदान अर्थात सामाजिक काममा सहयोग पुरयाउन आबश्यक छ । उनले जुम्लाका बिकासका लागी नेकपा माओबादीले चलाएको साझा बहस एक नमुना कार्य रहेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कर्णालीका लागि पर्यटन क्षेत्र आर्थिक लाभ लिने क्षेत्र भएकाले पर्यटनबाट समृद्धि तर्फ लाग्नु पर्ने बताए ।उनले प्रअिजको हिसाबले यहाको बिकास शान्ति सुरक्षा र शुसासनको हिसाबले जती बेला पनी तयार रहेको बताए ।
त्यस्तै जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले आर्थिक बर्ष २०७८।०७९ मा मात्रै ९ हजार मेट्रिक टन स्याउ उत्पादन गरेको भन्दै स्याउमा प्रभावकारी लगानी अझै आवश्यक भएकोमा जोड दिए ।
त्यस्तै कार्यक्रममा जिल्ला वन डिभिजन कार्यालयका प्रमुख दिनेश खत्री, जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी, नेपाल विधुत प्राधिकरणका प्रमुख नरेश रावत, पूर्वाधार विकास कार्यालयका प्रमुख हरि ओली, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख श्रीकृष्ण देवकोटा,,सामाजिक विकास कार्यालय प्रमुख तुलाराज चौलागाइ नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटा, जुम्ला बहुमुखी क्याम्पसका महेश नेपाली सहित विषय विज्ञबाट जुम्ला विकास र समृद्धिको अवस्था र सूझावहरु संकलन गरिएको थियो ।