काठमाडौं । १० वैशाखमा भएको उपनिर्वाचनको मतगणनामा चितवन २ मा रवि लामिछाने २५ हजार भन्दा बढी मतान्तरका साथ अग्रता लिएका छन् ।
मंगलबार बिहानसम्म गणना भएको ४४ हजार मतमध्ये लामिछानेले ३१ हजार ७४८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठ निकै पछाडि छन् । उनले ६ हजार ३३५ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ५ हजार ७८५ मत प्राप्त गरेका छन् ।