जुम्ला : जुम्लाका तिन बिद्यालयमा यति वेला सिटिभिटि अन्तरगत्त प्राविधिक धारतर्फका परीक्षा चलिरहेका छन । डिप्लोमा सिभिल इन्जिनियरिङ, र जिओमेटिक्सको परीक्षा दुर्गा माबि लाम्रा ,राहादेव माबि मोप्ला र चन्दननाथ नमुना माबि खलंगामा चलिरहेको हो ।
तीन वर्षिया कोर्ष रहेको डिप्लोमा सिभिल इन्जिनियरीङ र जिओमेटिक्सको तोस्रो वर्षको दोस्रो खण्डको र दोस्रो वर्षको दोस्रो खण्डको परीक्षा यि तिन वटै माविमा जारी रहेको छ ।
त्यस्तै चन्दननाथ नमुना माबि खलंगा परीक्षा केन्द्रबाट मंगलबार आठ जना बिद्यार्थी परीक्षाबाट निस्काशन भएका केन्द्र अध्यक्ष दिपक न्यौपानेले बताए ।उनका अनुसार ४ जना परीक्षार्थी कर्णाली माबि अनम नगरका र ४ जना परीक्षार्थी कर्णाली प्राविधिक शिक्षालयका गरि आठ जना निस्काशन भएका हुन । डम्वर बहादुर हमाल ,किशोर कुमार खत्री ,नमेन्द्र देवकोटा र नरेश सार्की कर्णाली माबि अनम नगरका बिद्यार्थी रहेका छन ।
त्यस्तै धिरेन्द्र रोकाया ,शन्तोष उपाध्याय, अमन बुढथापा र जिवन कामी कर्णाली प्राविधिक शिक्षालयका बिद्यार्थी रहेका छन । केन्द्र अध्यक्ष दिपक न्यौपानेका अनुसार परीक्षामा चिट चोर्ने परीक्षार्थी निस्काशन गरिएको हो । उनले भने,’उनीहरु आजको बिषयको परीक्षाबाट निस्काशन भएका हुन । भोली परीक्षामा सहभागी हुन पाउने छन ।उनले भने,’’परीक्षालाई मर्यादित बनाउनकै लागी निस्काशन गरिएको हो ।
त्यस्तै भखर्रै एस ईइको परिक्षा सकिएको छ ।एक वर्षको फरकमा माध्यामिक तहको एसईई र कक्षा १२ मा राष्ट्रिय परीक्षा लिने व्यवस्था कायमै छ । माध्यामिक तहको एसईईमा पनि रत्नचुडेश्वर मावि बोहोरागाउ परीक्षा केन्द्रबाट पनि अनुगमन समितिले परीक्षार्थीले चिट चोर्दै गरेको अबस्थामा १५ वटा मोबाइल थुतिएको थियो । चिट चोर्ने प्रवृत्तिलाई निरुत्साहित पार्नका लागी यहा सबैसरोकारवालाहरु एक जुट हुन आबश्यक छ ।