गिडी दह (ताल) दिगो बिकासको लागी सुझाब संकलन

जुम्ला :तातोपानी ४ वडामा रहेको गिडी ताल बिकासका लागी सुझाब संकलन गरिएको छ । कर्णालीमा पाइने प्राकृतिक तालहरु गिडी ताल एक महत्वपूर्ण भएकाले यसको दिगो बिकासको लागी शनिबार सुझाब संकलन गरिएको हो ।समुद्री सतह देखि ३ हजार ४ सय ८२ मिटर उचाईमा रहेको गिडी दह सम्म पुग्ने पदमार्ग समेत नभएकोले अपेक्षाकृत प्रचार प्रसार हुन सकेको भन्दै,तातोपानी गाउपालिकाको ४ वडाले जुम्लाका सरोकारवाला संग सुझाब संकलन गरिएको हो ।

इतिहासिक महत्व बोकेको गिडी दह प्रचारप्रसारको अभावले अहिले सम्म ओझेलमा रहेको तातोपानी ४का वाडाध्यक्ष अमरबहादुर रोकायाले बताए ।उनले भने,’सबैको सहयोग आबश्यक छ । मेरोवाडामा परेकाले दहको संरक्षणका लागि केही प्रयास गरिएको हुँ ।उनले भने’,त्यहा हालसम्म पर्यटक आकर्षणका लागि कुनै पूर्वाधार पनि निर्माण भएका छैन ।त्यहा पुग्ने सहज गोरेटोबाटो समेत छैन ।


त्यस्तै गिडितालको संरक्षण र प्रबोधनका गरी पर्यटकीय गन्तव्य बनाउन सकिने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाइले बताए । उनले भने ,’तातोपानीको पहिलो प्रथामिकता गिडि ताल र तोतोपानी धारा संरक्षण गर्नु छ । उनले भने,’यसको लागी सबैको साथसहयोग आश्यक रहेको छ ।
त्यस्तै तातोपानी गाउपालिकाको ४ वडाले जुम्लाका सरोकारवाला संग सुझाब संकलनका लागी एक औपचारिक कार्याक्रमको आयोजना गरि गिडितालको भिडियो सार्वजानिक गरेकोे थियो । गत्त असोज ४ गते तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई सहितको ७५ सदस्यीय टोली गिडी ताल अवलोकन भ्रमणमा पुगेको भिडियो समेत सार्वजानिक गरिएको थियो ।


त्यस्तै सुझाब संकलन कार्याक्रममा बोल्दै जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गैरेले तातोपानीको मात्रै नभइ सिंगो जुम्लाका पर्यटकिय बिकासको लागी गाउँपालिका ,पत्रकार र पर्यटन बिज्ञहरुको टोली लाग्नु पर्ने बताए । उनले भने,’पर्यटकीय गन्तव्य बनाउन सकेको खण्डमा यहाको स्थानीय उत्पादनले पनि बजार पाउने बताए । गिडी ताल र सो को वरीपोरी रहेका पानसय पाटन तथा पाटनहरुमा अवस्थीत रमणिय दह, धार्मिक स्थल, जडीवुटी, वनस्पती, जनावर तथा पंक्षीको अवस्थाका बारेमा पािलकाले गुरु योजना बनाउनु पर्ने बताए ।


त्यस्तै शशस्त्र प्रहरी बल जुम्ला एसपी चेतराज जोसीले गिडी दहसम्म जाने बाटोको अवस्था होर्डिङ बोर्ड जस्ता केही कार्यको खण्डमा आफु तयार रहेको बताए । उनले वडा कार्यालयले सुरु गरिसकेको हाँकुबाट हिडेर गिडी खोला, भाडु, रातामाटा हुँदै बेलुका फुल्चाँउले पाटनमा मौलाहाल्न, तामाचौर,ऐरीजाल गैरीगुम हुँदै गिडी तालको अबलोकन र सुरक्षाबारे शशस्त्र प्रहरीले साथ दिने बताए ।

त्यस्तै तालको रोचकतालाई बयान गर्दै कर्णाली प्रदेश सभाका सांसद देवेन्द्र बहादुर शाहीले भने, साझा सवालमा सधैब साथ सहयोग गर्ने छु । उनका अनुसार “किंवदन्ती अनुसार धेरै पहिले गाउँका मान्छेहरु शिकार खेल्न त्यहाँ गुग्ने गरेको बताए । उनले गिडिदहको पर्यटक आकर्षणका लागि र पूर्वाधार निर्माणका पहल गर्ने बताए ।

सूझाव संकलन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेशसभा सांसद शाहीले गिडिदह सहित जुम्लाका पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगको प्रतिवद्धता गरे । उनले गिडि दह सहित जुम्लाका पर्यटकीय केन्द्र तथा अन्य विकासको लागि स्थानीय सरकार, प्रदेश र केन्द्रले के के काम गर्न सक्छ भन्ने बिषयमा छुट्याउन आवश्यक रहेको छ ।


त्यस्तै गाउँपालिका उपाध्यक्ष रेवति रावलले गडिदहमा महिला जानु हुदैन भन्ने पुरानो सोचको पनि अन्त्य भएको बताउदै आफुहरु ३ जना महिला सो टिम सँग त्यस क्षेत्रमा पुगेको बताइन । सो यात्रामा उपाध्यक्ष रावल सहित पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाही तथा स्थानीय नारायणी चौलागाई गिडिदहमा पुगेका थिए । उनले गिडिदह यात्राले त्यहाँको पर्यटकीय विकास कसरी हुन्छ भन्ने भौगोलिक जानकारी भएको भन्दै यसको विकासका लागि जिल्लाले प्रथामिकता दिनुपर्नेमा जोड दिइन ।

त्यस्तै तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले गाउँपालिकाको १० लाख र ताल संरक्षण विकास समितिको ५ लाखले चाडै गिडिदहको पहिचान गर्ने बिषयमा काम अगाडि बढ्ने बताए । उनले सात लाखमा त्यहाँको बातावरणीय मुल्यांकन प्रभाव गर्ने काम पनि अगाडि बढ्ने छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गिडिदह सम्मेलन र यात्रा ऐतिहासिक यात्रा स्मरण गर्दै जुम्लाको पत्रकारिता क्षेत्रले गिडिदहको समाचार पहिलो पटक स्थलगत रिपोटिङ गरेर ल्याएको बताए । उनले नेपाल पत्रकार महासंघले जिल्लाका सार्वजनिक सवालका बिषयमा जोड दिदै आएकाले गिडिदह, तातोपानी सहित सिंजा सभ्यता, कर्णाली राजमार्ग सहित जिल्लाका सार्वजनिक महत्वका सवालमा कालिकोटमा सम्पन्न नेपाल पत्रकार महासंघको साधारसभाको सम्मेलनको घोषणापत्रमा समेत समेटिएको छ ।उनले गिडिदहको भिडियो र प्रतिवेदनमा छुटेका बिषय समेटिनुपर्नेमा जोड दिए ।

त्यस्तै वन डिभिजन कार्यालयका प्रमुख दिनेशजंग खत्रीले गिडि दह र सो क्षेत्रका पाटनको संरक्षणको विषयमा अत्यान्तै ध्यान दिएर अगाडि बढ्नु पर्ने बताए । उनले रामसार सूचीमा राख्ने वा कुन बिषयमा अगाडि बढाउने भन्ने बिषयमा ध्यान दिन अनुरोध गरे ।
त्यस्तै नेकपा एमालेका प्रदेश कमिटिका सदस्य आदीप्रसाद न्यौपानेले गिडिदहको विकासका लागि नितिगत बिषयमा जोड दिन सुझाव दिए ।
त्यस्तै नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद पाण्डेले आफैमा महत्व वोकेको गिडिदहको पूर्वाधारको विषयमा जिल्ला र राज्यकै सरोकारको बिषय हो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर खत्रीले गिडिदह जस्ता सम्भावनाका क्षेत्रलाई बजेटको हिसावमा प्रथामिकता दिन आश्यक छ ।  उनले हाँकु पक्कि पुल चाडै निर्माणमा सघाउन अनुरोध गरे । सूझाव संकलनमा सुरक्षा निकायका प्रमुखहरु, स्थानीय, राजनैतिकदल, पत्रकारले सुझाव दिएका थिए ।

पहाडहरुको खोँचमा रहेको उक्त ताल वरिपरि जंगलै जंगल छ ।हिमाली भेकमा पाइने कोण धारी जंगलले ताल ढाकिएको छ । निकै निलो र रक्स्यानो रंगको देखिने उक्त तालमा पुग्न अहिले सम्म कसैले आँट नगरेका हुन ।त्यहाँ गए (भूत) लाग्छ भन्ने अन्धविश्वासका कारणले त्यो ताल ओझेलमा परेको बुझीएको छ । त्यो गिडी दह जंगलभित्र झन्डै २ दर्जन प्रजातिका वन्यन्तु र विभिन्न लोपोन्मुख पन्छीहरू पनि पाइने गर्दछन । गिडी दहको क्षेत्रफल र गहिराइ ननापिनु विडम्बना भएको छ ।
तालसम्म जाने बाटो छैन
सबैको पहुँच नभएर होला अहिलेसम्म उक्त तालसम्म जाने बाटो छैन । त्यहाँ पुग्ने बाटो र बीचमा बस्ने बास नहुँदा एकाद मानिस बाहेक अरु त्यहाँ पुगेको छैन । सामान्यताः गिडी दह भनिएपनि यो दह नभएर तालको रुपमा राष्ट्रियस्तरमा त्यसको प्रचार प्रसार हुन जरुरी छ ।ताल दक्षिण पूर्वी क्षेत्रमा शंख दह, पाले दह, जोगिनी दहलगायत अन्य तालहरु पनि छन् ।तालसम्म पुग्ने गोरेटो बाटो समेत छैन । यस पटक खास बाटो नभएपनि यतिबेला भ्रमणमा हिडेको अध्यक्ष चौलागाईंको टोलीले आफै बाटो पहिल्याएर त्यहाँ पुगेको हो ।

सम्बन्धित समाचार