प्रधानमन्त्री प्रचण्ड वैशाख तेस्रो साता भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही महिनाको तेस्रो सातातिर भारत भ्रमण जाने भएका छन् । केही दिन पहिला भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेर प्रचण्डलाई भारत भ्रमणको निम्ता दिएका थिए । प्रचण्डले यही महिनाको तेस्रो साता भारत भ्रमण गर्ने योजना बनाएको बताइएको छ ।

फागुन १ मा भारतका विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा विदेशसचिव क्वात्राले भारत भ्रमणको निम्तो दिएका थिए । तर, समयका कारण प्रधानमन्त्री भारत नगएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमलसेनाले जानकारी दिए ।

त्यसमा पुनः राजदूतले पनि निम्ता दिएकाले प्रधानमन्त्रीले भारत जाने तयारी गरेका हुन् । तर, मिति भने तय भइनसकेको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरि तिमिलसेनाले जानकारी दिए । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड आफ्नो तेस्रो कार्यकालमा अहिलेसम्म विदेश भ्रमणमा गएका छैनन् ।

सम्बन्धित समाचार