जुम्ला ःनेकपा माओवादी केन्द्र जुम्लाले अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरेको छ । माओवादी निकट दलित मुक्ति मोर्चाले जिल्ला सम्मेलनको आयोजना गरि ६० वटा अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो ।
दलित मुक्तिमोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडिलाई सम्मान गरिएको। नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीले बताए । उनका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरिको हो ।
अध्यक्ष नेपालीले अन्तरजातीय विवाह गर्ने जोडिलाइ हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको हो । पार्टीले समाजमा विभेद भईरहेकै समयमै प्रोत्साहन दिने उद्देश्यले यो काम गरिएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।
सम्मानित अन्तरजातीय जोडिले भने यो महत्वपूर्ण कार्यका लागि धन्यवाद दिएका छन् । जुम्ला गुठिचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताए ।
त्यस्तै सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको बताए । उनले संघीयता, समानुपाति र समावेशीमा नेकपा माओवादी केन्द्रले नै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरिने बताए ।
त्यस्तै कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद .रणसिंह परियारले दलितले वनाएको घरमा बस्ने तर दलितले छोएको पानी नखाने प्रवृत्ति हटदै गएको बताए । उनले भने नेकपा माओवादी केन्द्रलाई धन्यवाद गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले जन्तरजाति विवाह गरेर समाजलाई परिवर्तन गर्न खोजेकोमा बताइन । उनले भनिन, माओबादीले उठाएको मुद्दा पनि यहि हो ।त्यस्तै दलित मुक्तिमोर्चा जिल्ला समन्वय समितिको जिल्ला भेलाले अध्यक्ष चन्द्रबहादुर नेपाली र सचिव पुन्न वहादुर वि.कको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।