जुम्ला : अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र जुम्लाको भेला सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्र पार्टी निकटको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)केन्द्र जुम्लाको ३७ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । समितिको अध्यक्षमा कालि बहादुर शाही चयन भएका छन ।
सचिब नन्दबहादुर अधिकारी उपाध्यक्ष हर्क बहादुर बोहोरा र सहसचिब लालबहादुर हमाल र कोषाध्यक्ष दिलमाया देवकोटा (खडका)लाइ चयन गरिएको छ । समृद्ध जुम्लाका लागी सुदृढ र बिस्तारित माओबादी भन्ने मुल नाराका साथ गरिएको भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारी पुर्व राज्यमन्त्री गोमा गौत्तम कुंवर लगाएतका माओवादी केन्द्रका नेताहरुको उपस्थिति यो समिति गठन गरिएको छ ।
त्यस्तै अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)ले जुम्लनको समृद्धीको लागी काम गर्ने नव गठित अध्यक्ष कालि बहादुर शाहीले बताए ।त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र जुम्लाल कृषिको व्यावसायीकरण हुनु पर्ने बताए ।उनले भने सबै भन्दा ठुलो पेसा कृषि हो ।जब सम्म कृषिक्रन्ती हुदैन तब सम्म समृद्ध जुम्ला नहुने बताए । जुम्लाको माटोसंग इतिहास छ ।उनका अनुसार कृषर्क संगठनले उत्पादन र स्वामित्वका अधारमा सम्मान गर्ने कार्यक्रम हुनु पर्छ ।
त्यस्तै अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिबालय समिति सदस्य तथा माओबादी केन्द्रकर्णालप् प्रदेश कमिटि सदस्य अप्सरा देवी न्यौपाने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्र जुम्लाको समन्वय समिति ४५ सदस्य हुने बताइन ।