पूर्व–पश्चिम राजमार्गको अरुणखोलामा दुईतर्फी यातायात सञ्चालन

नवलपरासी: अरुणखोला पुल भाँचिएपछि निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।

नवलपरासीको अरुणखोलामा बनाइएको डाइभर्सन आइतबार साँझ आएको बाढीले बगाउँदा पूर्ण रुपमा यातायात अवरुद्ध भएको थियो ।

डाइभर्सन मर्मत गरेर झण्डै ३० घण्टापछि मंगलबार बिहान एकतर्फी सञ्चालनमा ल्याइएको थियाे । अहिले दुवैतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

गएको साउन २९ गते अरुणखोला पुलमा ट्रक ठोक्किएर पुल भाँचिएपछि यस क्षेत्रमा यातायात सञ्चालनमा समस्या भइरहेको छ । पुल मर्मतको काम भइरहेको र अबको तीन–चार दिनमा नै काम सकिने सडक विभागले जनाएको छ ।

सम्बन्धित समाचार