कालीकोटका स्थानीय तह एम्बुलेन्स खरिद गर्दै,मुख्यमन्त्रीले चलाए पचाल झरनाको एम्बुलेन्स ।।

कालीकोट: कालीकोटका स्थानीय तहले एम्बुलेन्स खरिद गर्ने तयारी गरेका छन् । विगत देखि नै विकट मानिदै आएको कालीकोटका स्थानीयलाई स्वास्थ्य क्षेत्रमा सहज गर्नका लागि स्थानीय तहहरुले एम्बुलेन्स खरिद गर्न लागेका हुन् । कालिकोटका स्थानीयतह हरुले विरामी वोक्ने एम्बुलेन्स खरिद गर्न थालेका हुन् । नौ वटा स्थानीय तहमध्य सडकको पहँुच पुगेका स्थानीय तहहरुले विरामी बोक्ने एम्बुलेन्स खरिद गरेका हुन् । आज पचाल झरना गाँउपालिकाले खरिद गरेको एम्बुलेन्स कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द बहादुर शाहिले उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्री शाहिले, जनप्रतिनिधिहरुको लागि गाडी किन्ने रकमले विरामि वोक्ने एम्बुलेन्स किन्नु अरु स्थानीय तहका जनप्रतिनिधिहरुको लागि पनि चुनौतिको विषय भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष खडकराज सेजुवालले अधिकांस वडाहरुमा सडक पुगिसकेकाले जनताका लागि एम्बुलेन्स सेवा संचालनमा ल्याएको बताउनुभयो । यस्तै, रास्कोट नगरपालिकाले पनि एम्बुलेन्स खरिद गरि एक हप्ताभित्रै संचालनमा ल्याउने तयारी गरेको नगर प्रमुख काँशिचन्द वरालले जानकारी दिनुभयो । पलाता गाँउपालिका र शान्नि त्रिवेणि गाँउपालिकाले पनि एम्बुलेन्स खरिद गरि संचालनमा ल्याउने तयारी गरेका छन् । तिलागुफा नगरपालिकाले भने यस अघि नै एम्बुलेन्स खरिद गरिसकेको छ ।

सम्बन्धित समाचार