जुम्लामा वल्डलिंकको फाइबर इन्टरनेट सुचारु

जम्ला ः निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड लिंकले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुचारु गरेको छ ।
वल्डलिंकले जुम्ला सदरमुकाम खलंगामा औपचारिक कार्यक्रम गरेर एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।
अध्यक्ष दिलीप अग्रवालले जुम्लामा यो सेवा दिन पाउदा खुशी व्यक्त गर्नु गरे । उनका अनुसार काठमाडौंकै गतिको इन्टरनेट जुम्लामा सुरुवात भएको र अब यसले सिंगो कर्णाली प्रदेशलाई जोड्ने तयारी छ । जुम्ला सेवाको उद्धाटन गर्न अध्यक्ष अग्रवाल र लगानीकर्ता बिट्रिस ईन्भेष्टमेन्ट कम्पनी (विविआई) प्रतिनिधी श्रीनी वुधवार जुम्ला पुगेका थिए ।

उद्धाटन कार्यक्रममा जुम्ला पुगेका वल्ड लिंकका महाप्रवन्धक किरण गौतमले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर सेवा भएको बताए । लगानीको हिसावले त हामी घाटामा छौ । उनका अनुसार काठमाण्डौ बरावरकै उच्च गतिको इन्टरनेट जुम्ला र पुरै कर्णालीमा पुरयाउने लक्ष्य रहेको छ ।

जुम्लामा २०७९ साल असारबाट सेवा शुरु गरेको ईन्टरनेट सेवाको जुम्लामा वल्र्ड लिंकको टोली आएर यस वेला ओपचारिक शुभारम्भ गरेको छ । अहिले सम्म ५२५ ग्राहक पुगिसकेका वल्ड लिंक जुम्ला कार्यालयले जानकारी दिएको छ । महाप्रवन्धक गौतमका अनुसार नेपालमा २७ बर्ष देखी काम गर्दै आएको वल्र्डलिंकका हाल ७ लाख ग्राहक रहेका छन् । यो ईन्टरनेटको दिगोपनाको बिषयमा एउटै वाटोवाट मात्रै नभई मुस्ताङ डोल्पा हुदै जुम्ला समेत जोड्ने योजना रहको जानकारी दिनुभयो । वल्र्ड लिंकका अनुसार कर्णालीभरी यो सेवा विस्तार गर्ने क्रममा मुगु, हुम्ला र डोल्पा वाँकी रहेकाले ति जिल्लामा पनि काम गर्ने योजना रहेको बताएको छ ।

सम्बन्धित समाचार