जुम्ला ः जुम्लाको तिला गाउँपालिकामा पतिको कुटाइबाट पत्निको मृत्यु भएको छ । तिला–४ नुवाकोटमा पतीको कुटाइबाट पत्निको मृत्यु भएको हो । ४७ वर्षीय आइते सार्कीले आफ्नै पत्नी २१ मामता नेपालीलाई हत्या गरिएका हुन । प्रहरीका अनुसार श्रीमती कति वर्षकी हुन भन्ने आधिकारिक डकुमेन्ट आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले मृतकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोस्टमार्टमका लागि ल्याइएको बताईको छ ।सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
’प्रारम्भिक बयानमा श्रीमान्ले कुटपिट गर्दा बेहोस भएको बताएका छन’, प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले भने, ‘कुटपिट गरेर घाइते बनाएको र समयमै उपचार नहुँदा मृत्यु भएको देखिएको छ ।’ शनिबार तिलागाउँपालिकाको एम्बुलेन्समा राखेर शब पोस्टमार्टमको लागी प्रतिष्ठानमा ल्याइएको छ । उनले भने,प्रहरीलाई शनिबार दिउँसो दुई बजेतिर खबर प्राप्त भएको थियो । शवको प्रकृति हेर्दाखेरी एक हप्ताअघि नै हत्या गरेर घरमा लुकाएर राखेको देखिन्छ,’ उनले भने, ‘शव कुहिसकेकोले श्रीमतीलाई केले प्रहार गरेको भन्ने पत्ता लाग्न सकेको छैन । पोस्टमार्टम रिपोर्टले सबै स्पष्ट पार्ने छ ।’ ’श्रीमान्ले श्रीमती बिरामी भएको छिमेकीलाईसम्म थाहा नदिनु, घरमै लुकाएर राख्नुले हत्या गरेको पुष्टि हुने प्रहरीले बताएको छ ।