माओवादीका सबै भँगालाहरू मिसिएर विशाल सागर बन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भँगालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताएका छन् ।

आइतबार दिउँसो शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तर्क्रियामा प्रचण्डले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपिल गरेका हुन् ।

माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भँगालातिर विभाजितजस्तो भयो । अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो, प्रचण्डले भने, हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको दिन हामी कसैले पनि कमजोर सावित गर्नै नसक्ने गरी बलियो हुन्छौँ । सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै शहीदहरूलाई जनताका शहीदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन ।

सम्बन्धित समाचार