माओवादीहरूबीच ध्रुवीकरण जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीहरूबीच ध्रुवीकरण जरुरी रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बेपत्ता, शहीद परिवारहरूले पनि माओवादीहरू एकै ठाउँमा आउनुपर्ने कुरा राखेको र अहिले विभिन्न धारामा माओवादीहरूबीच ध्रुवीकरण गर्न जरुरी रहेको बताएका हुन् ।

उनले माओवादीहरूको ध्रुवीकरणका लागि आफूले पहल गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले बेपत्ता र शहीद परिवारका लागि काम गर्न आफू प्रतिवद्ध रहेको बताए ।

सम्बन्धित समाचार