जुम्ला ः नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले पछिल्लो समयमा न्यायपालिकाले द्धन्द्ध भड्काउने कामको संकेत देखिएको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी मुद्दा दर्ता गर्ने बिषय शान्ति प्रक्रिया विथोल्ने र द्धन्द्ध भड्काउने कामको संकेत भएको बताएका हुन ।
माओवादीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको जनयूद्धकालिन हेडक्वाटर पोखरी गाउँमा आयोजना गरिएको पोखरी घोषणापत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शान्ति प्रक्रिया भड्काउने काम न्यायलयलेनै गर्न खोजेको बताए । कार्यवाहक प्रधानन्यायधीस पनि महाअभियोगको भागेदार हुन सक्ने संकेत देखिएको छ ।
नेकपा माओबादी पाटीका ईन्चार्ज भण्डारीले भने , गणतन्त्र र यूगान्तकारी परिर्वतनका पिता प्रचण्डका विरुद्धमा मुद्दा दायर गरिएको छ । जनयूद्धको हेटक्वाटरबाट न्यायपालिकालाई राजनितिक दलको ईकाईको रुपमा र न्यायधीस कुनै पार्टीको कार्यकर्ताका रुपमा प्रस्तुत भएर सिंगो जनताको आस्थामाथी प्रहार नगर्न भण्डारीले चुनौति दिने बताए । उनले भने,” त्यस्तो हुने हो भने जुन प्रधानन्यायधीसहरुले न्यायपालिकाको मर्र्म विपरित नेपालमा काम गरेका छन् । तिनका विरुद्ध महाअभियोग लागेको थाहै होला । त्यति मात्रै होईन जनताले यस्तो भएमा सड्क आन्दोलन गर्ने गर्ने समेत बताए ।