जुम्ला : जुम्लाको तिला गाउँपालिका – ७ मा रहेको पोखरी गाउँमा अँध्यारो मुक्त भएको छ । तीन करोड एक लाख ८८ हजारको लागतमा सौर्य ऊर्जाबाट विद्युत् सेवा संचालनमा आएपछि अँध्यारो मुक्त भएको हो । कार्णाली प्रदेशसका पुर्वकानुन मन्त्री तथा नेकपा माओबादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीको प्रमुख आतिथ्यमा आईतबार उज्योलो पोखरी गाउँ घोषण कार्यक्रम गरिएको छ । कर्णाली प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भणडरीको पहलमा त्यहाका जन्ताले उज्यालो पोखरी देखन पाएको स्थानीय दानकला रोकायाले बताइन । उनले भनिन, सधै भरी दियालो बाल्नु पर्ने अवस्था थियो । यस पटक बाट हाम्रो पोखरी गाउँअँध्यारो मुक्त भएको छ ।
पोखरी उज्यालो गाउ बनाउनका लागी तिलागाउपालिकाको अघिल्लो सरकारले पनि ३० लाख सहयोग गरेको तिलागाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनका अनुसार ३ कारोड एक लाख ८८ हजारको लागत्तमा सम्पन्न भएको छ । यस बाट यहाका ६६ घरदुरीका नागरिक लाभाम्वित भएका छन ।
कार्णाली प्रदेशसका पुर्वकानुन मन्त्री तथा नेकपा माओबादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले अब प्रत्येकको घरमा दाउराबाट होइन विद्युतीय चुलोबाट खाना पकाउनु पर्ने बताए । उनले भने,” ५० किलोवाट क्षामताको सौर्य उर्जा हो । यहा दश वाट मात्रै खपत भएकोछ । यसको सदुपयोगले महिला दिदि बैनीको कार्यबोझ पनि कम हुने देखिन्छ ।
स्थानीय सरकारको समन्वय र मेरो पहलमा ५० किलोवाट क्षमताको पोखरी गाउँकमा सौर्य ऊर्जाबाट विद्युत सेवा संचालनमा आएको पुर्व कानुन मन्त्री भण्डारीले बताए । उनले भने गोर्खा कसमिटिक कम्पनीले निमार्णको जिम्मा लिएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको छ । सौर्य उर्जाले गाउझिलीमिली बनेपछि स्थानीयवासि हर्षित भएका छन् ।
त्यस्तै विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य थिए, अब बिजुली आएपछि सबै खुसी भएको पोखरी सौर्य उर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताए । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली भएपनि यहाको बिजुली बाल्ने धोको पूरा भएको छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन ।
५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्ब राखिएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टिभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउाँका स्थानीयवासि बताउँछन् ।
धूलो र धूवाँका कारण स्थानीय दमलगायतको श्वासप्रश्वास रोगले ग्रसित हुने गरेको ठाउँमा बिजुली बल्दा खुसीको सिमा नाघेको स्थानीवासि धिरज रोकायाले बताए ।