जनयुद्धको हेडक्वाटर रहेको पोखरीगाउँ समृद्धीका लागी सात बुद्दे घोषण पत्र जारी

जुम्ला ः तिलागाउँपालिका ७ मा रहेको पोखरी गाउलाई माओवादी केन्द्रले आफ्नो माइती सम्झीने गरेको छ । दशवर्षे जनयुद्धमा सफल पार्नका लागी माओबादीलाई न्यानो काखमा राख्ने गाउको रुपमा मन्दै आएको पाइन्छ । तेतिमात्रै होइन एउटा टाकुरामा उभिएको सानो गाँउ, जंगलले घेरिएको सानो र चिटिक्कको ठाँउ, न्यायप्रेमी तथा श्रमजीविहरुको वस्तीका रुपमा चिनिदै आएको छ ।

जनयुद्ध सफल पार्नका लागी रातो कफन बाँधेका लाल योद्धाहरुको प्रवेश हुने ठाउका रुपमा परिचित तिलाको पोखरीगाउ समृद्धीका लागी भन्दै पत्रकारकार सम्मेलनको आयोजना गरी माओबादी कैन्द्रले पोखरी ७ बुद्दे घोषणा पत्र सार्वजानिक गरेको छ ।

माओबादी पखरी गाउँलाई माइती गाँउका रुपमा सम्झीदै आएको नेकपा माओबादी केन्द्रका जुम्ला इन्चार्ज नरेश भण्डारीले बताए । उनलका अनुसर जनयुद्धमा माओवादी हेडक्वाटर थियो । फेरी पनि मुख्य पाटीकार्यालय पोखरीगाउमा नै बनाउने तयारी भएको छ

इन्चार्ज भण्डारीले किशोर, क∙ सपना, क∙ संघर्ष, क∙ विसु, क∙ दिप र क∙ नर रोकायालाई शहिदको पंक्तिमा उभ्याएको बताए ।उनले पोखरी गाँउबाट नै क्रान्तिको दियो बलेको हो ।
त्यस्तै पुर्व कानुन मन्त्रि तथा नेकपाा माओबादी केन्द्रका इन्चार्ज भण्डरीले हस्ताक्षर गरेको पोखरी घोषणा पत्रमा भनिएको छ अहिले मुलुकको परिस्थिति फेरिएको छ ।

एकात्मक राजतन्त्रात्मक ब्यवस्थाको स्थान संघिय गणतन्त्रले ओगटेको छ ।जेनतेन बाटो पुगेको छ, बैकल्पिल उर्जा भएपनि आज उज्यालो पोखरी घोषित भएको छ । यस माइती गाँउ जस्ता उत्पीडित वस्तीहरुको मुहारमा खुसी भर्ने माओवादी प्रतिवद्धता पुरा हुन बाँकी छ ।

माओबादीले पोखरीगाउँलाई न्यानो अँगालोमा बेर्ने
प्रतिगमनको खतरा बढेको छ । शहर पसेपछि पोखरी जस्ता बस्तीले काखमा हुर्काएको माओवादी पार्टीका लागि पोखरी विरानो भएको होकि भन्ने सवाल खडा भएको माओबादी केन्द्रले औल्याएको बताएको छ , ।
माओवादीलाई पोखरीहरुले आफ्नो न्यानो अँगालोमा बेर्नु पर्ने अवस्था सिर्जना भएको उक्त घोषणा पत्रमा उल्लेख गरेको छ । गाँउ र शहरलाई जोड्नु देखिन्छ । जनदिशा लागु गरेर समृद्ध जुम्लाका लागि सुदृढ र विस्तारित माओवादी निर्माणको लागि २ महिने अभियान प्रारम्भ गरिएको माओबादी केन्द्र जुम्लाका संयोजक बिरबहादुर कुंवर (शुरेस पाहाडीले ) बताए । उनले भने जुम्लाका सबै वडाहरुका जिम्मेवारी तोकेर पठाइएको छ ।

त्यस्तै माओबादी पाटी बिकास र समृद्धीको लागी हृदयंगम गर्दै जनतामा फर्किर्ने माओबादीपाटीका केन्द्रीय सल्लाकार समितका सदस्य डाक्टर कलबहादुर रोकायाले बताए । उनका अनका अनुसार जनकाका जनजीविकाका समस्याहरु समाधान गर्न अगाडि बढ्ने छ ।

शहरलाई जोड्नेपोखरी घोषणा पत्रका प्रतिबद्धताहरु
१ देश र जनताप्रति गम्भीर र संवेदनशिल बन्दै सहिदले प्रदर्शन गरेको बाटोमा अविचलित निरन्तर अगाडि बढने ।

२.जनतानै इतिहासका निर्माता र चालक शक्ति भएको वास्तविकतालाई हृदयंगम गर्दै जनतामा फर्किने ।
३.बलिदानको मुल्यमा प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्धका अफवाह र षढयन्त्रहरुको भण्डाफोर गर्ने ।

४.शहर र गाँउको भेद मेटाउन गाँउ केन्द्रित विकासमा जोड दिने ,समृद्ध पोखरी गाँउ निर्माणलाई अर्जुन दृष्टी बनाउने ।

५. विकास तथा जनजीविकाका समस्याहरु समाधान गर्न अगाडि बढ्ने ।

६ समृद्ध र विकसित जुम्लाको लागि सुढृत र विस्तारित माओवादीको संकल्पलाई कार्यान्वयन गर्ने ।

७.रुपान्तरण तथा विस्तार गर्दै सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्ने ।

पहिलो सहिद नामबाट पाटी सुदृढीकरण दुइ महिने अभियानको नामाकरण गरिने
नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणका लागि दुई महिने अभियान आइतबाट सञ्चालन गरेको छ । रहेक वडाका पहिलो सहिदका नाम बाट दुई महिने पार्टी सुदृढीकरण अभियानको नामाकरण गरिएको छ ।
वैचारिक एवं राजनीतिक स्कुलिङ लाई वडास्तरसम्म पुर्याउनका लागी आइतबारबाट जुम्लाका आठ स्थानीयतहका ६० वट्रै वडामा पहिलो सहिदको नामबाट अभियान सूरु भएको छ ।
समाज रुपान्तरणको नेतृत्व बिकासका लागी महत्व पुण योगदान दिने भएको नेकपा आमोबादी केन्द्रका इन्चार्ज नरेश भण्डारीले बताए । उनका अनुसार यो अभियान २०७९ फाल्गुन १४ देखि २०८० वैशाख १४ गते सम्म संञ्चालन हुने छ ।

सम्बन्धित समाचार