जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार


जुम्ला ः जुम्लाका गोविन्द पाण्डेलाई लोकसंस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । कैलाली जनपुस्तकालय धनगढीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार तातोपानी गाऊपालिका गिडीखोलाका गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको हो । पाण्डे चन्दननाथ टोल नेपालगञ्जको धम्बोजीमा बसोवास गर्ने लेखक तथा लोकसाहित्य अनुसन्धाता पाण्डेलाई उक्त पुरस्कार फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा प्रदान गरिने भएको छ ।

लेखक पाण्डे विगत दुई दशक देखि काली कर्णाली क्षेत्रको लोक साहित्य तथा संस्कृतिको अध्ययन अनुसन्धान तथा प्रकाशन क्षेत्रमा सकृयता निरन्तर लाग्नु भएको थियो । बि.सं. २०६० सालमा काली कर्णालीका जाजरकोट देखि दार्चुला सम्मका जिल्लाहरुमा स्थलगत भ्रमण गरी खस र डोटेली भाषाका देउडा गीत, भाका, देउडा गायक र देउडाको क्षेत्रमा संलग्न ब्यक्ति तथा संस्थाको गहन अध्ययन अनुसन्धान गर्दै आएका थिए । उनले विगतदेखि बर्तमानसम्म नामक पुस्तक समेत प्रकाशन गरेका छन ।

पाण्डेले नेपाल प्रज्ञा प्रतिष्ठानको लेखन बृतिमा कर्णालीको लोक साहित्यको अध्ययन गरेका हुन । उक्त कृति हाल प्रकाशोन्मुख अबस्थामा रहेको छ । निजलेमधुपर्क, यूवामञ्च, मिर्मिरे, कान्तिपुर, गोरखापत्र लगायत क्षेत्रीय तथा स्थानीय स्तरका पत्रपत्रिका र स्मारिकाहरुमा देउडा, लोकसाहित्य तथा संस्कृति सम्बन्धी लेख रचना समेत प्रकाशित गरि सकेका छन ।

उनी अहिले हुलाक कार्यालय बांकेको कार्यालय प्रमुख पदमा कार्यरत पाण्डे कर्मचारी मिलन केन्द बांकेको उपाध्यक्ष समेत हुन । उनी नेत्रज्योती संघ नेपाल,नेपाल रेडक्रस सोसाइटी, मानव सेवा आश्रम लगायतका संघसंस्था मार्फत समाज सेवामालागेका छन् ।
त्यसै गरी कर्णाली साहित्य समाज जुम्ला, महेन्द्र पुस्तकालय नेपालगंज, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर तथा गुगुल्टी वाङ्मय प्रतिष्ठान महेन्द्र नगरमा आबद्व रही साहित्य तथा संस्कृति प्रवर्दनमा सकृय रुपमा संलग्न रहेका छन् ।

राष्ट्र सेवकको रुपमा नागरिक सेवा प्रवाहमा सहजिकरण, वातावरण तथा सरसफाई तथा प्रभावकारी समन्वय र सहकार्य कामको उच्च मूल्याङ्कन गरेर उनलाई नेपाल सरकारले यस वर्षको पचास हजार रासीको निजामती सेवा पुरस्कार समेत प्रदान गरेको छ ।

 

सम्बन्धित समाचार