१० वर्षे माओवादी ‘जनयुद्ध’का उथलपुथलकारी घटनाहरू

काठमाडौं । १ फागुन २०५२ बाट सुरु भएको माओवादी ‘जनयुद्धु ’ २०६३ सालमा शान्तिपूर्ण रूपमा अवतरण भयो । सात दलसँग भएको १२ बुँदे सम्झौता हुँदै बिस्तृत शान्ति सम्झौतामा आएर १० वर्षे  जनयुद्धु शान्तिपूर्ण रूपमा टुंगिएको थियो ।

माओवादी ‘जनयुद्ध’ले नेपालको राजनीतिक कोर्षलाई नै फरक बाटोमा मोडेको थियो । १० वर्षमा माओवादी ुजनयुद्धु नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो । जनयुद्धु को १० वर्षमा हजारौँ नागरिकको ज्यान गयो । आज पनि कैयौँ मानिस बेपत्ता छन् । उनका आफन्तहरू अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।

द्वन्द्वपीडितहरू अहिले पनि न्यायको लागि आन्दोलनरत नै छन् । घाइते तथा अपाङ्ग भएकाहरू उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कैयौँलाई अझै पनि राज्यले मुद्दा चलाइरहेको छ । ‘जनयुद्ध’ को नेतृत्व गर्नेहरू राज्य संचालक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् । अहिले पनि सत्य निरूपण तथा मेलमिलाप आयोगले न त बेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पीडकको नाम नै सार्वजनिक गरेको छ । माओवादी र सरकारले शान्ति वार्ताद्वारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको डेढ दशकभन्दा बढी भइसक्यो ।तत्कालीन माओवादीले लडेको १० वर्षे ‘जनयुद्ध’ का केही घटनाहरूको अहिले पनि चर्चा हुने गर्छ ।

१ फागुन २०५२

१ फागुन २०५२ मा नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न ुजनयुद्धु को बाटोमा अघि बढौँ १’ भन्ने मूल नाराका साथ ुजनयुद्धु को सुरुवात । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैँकमा आक्रमण ।

फागुन ६ः नेकपा माओवादीका महामन्त्री प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती आक्रमणको जिम्मेवारी स्वीकार ।

फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या । जसलाई माओवादीले ुजनयुद्धु को पहिलो शहीद घोषणा गरेको थियो ।

फागुन १५ः रुकुमको पीपलमा ६ जना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।

२०५३ साल

वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो एम्बुस बिष्फोट । दुई प्रहरीको हत्या र दुईवटा राइफल लगियो ।

असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ’ भन्ने मूल नारासहित जनयुद्धु को विकासको दोस्रो योजना सुरु ।

पुस १९ ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी आक्रमण । ‘जनयुद्ध’ सुरुवातपछि प्रहरी चौकी आक्रमणको यो पहिलो घटना । आक्रमणको क्रममा माओवादीका तीर्थ गौतम, महिला छापामार दिलमाया योञ्जनसहित तीन लडाकुको मृत्यु ।

२०५४ साल

असार ः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔँ ।’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।

भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्तीमाथि आक्रमण र हतियार लुटियो ।

माघ २२ः धादिङको खहरेमा एम्बुस बिष्फोट । दुई राइफल र नेपाल बैंक लिमिटेडको २० लाख रुपैयाँ लुटियो।

फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरीविरुद्ध एम्बुस बिष्फोट । दुई प्रहरीको हत्या र दुईवटा राइफल लुटियो ।

चैत ४ः गोरखाको सौरपानीमा एम्बुस बिष्फोट । तीन प्रहरीको हत्या र एक राइफल लुटियो ।

२०५५ साल

वैशाखः सरकारद्वारा किलो शेरा टू नामक अप्रेशन सञ्चालन ।

भदौः नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ’ भने मूल नारा तय ।

कात्तिक १०ः छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकीमाथि आक्रमण । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकीमा आक्रमण । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका प्रहरी चौकीहरूमा आक्रमण ।

पुस १९ गतेको बेथान आक्रमणको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्ण हतियारसहित लुटपाट ।

फागुन १९ः दाङको चिराघाट प्रहरी चौकी आक्रमण ।

चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या ।

२०५६ साल

वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प आक्रमण ।

जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता ।

जेठ ३१ः जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प आक्रमण ।

भदौ २३ः नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।

असोज ५ः रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प आक्रमण । डीएसपी ठूले राई अपहरण ।

फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका आक्रमण । यसपछि प्रहरीहरू केन्द्रीकृत ।

चैत २१ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका आक्रमण ।

चैत अन्त्यः गोरखाको हर्मी प्रहरी चौकी आक्रमण ।

२०५७ साल

असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका आक्रमण ।

भदौ ७ः नवलपरासीको धवाडी इप्रका आक्रमण ।

भदौ १४ः झापा महवारी इप्रका आक्रमण ।

असोज ८ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैँक लुटपाट तथा आगजनी ।

असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी आक्रमण ।

कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी आक्रमण ।

पुस ५ः पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख घोषित ।

फागुनः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भारत पञ्जावमा सम्पन्न । उक्त सम्मेलनबाट प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वाचित । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं, केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ’ भन्ने मूल नारा तय ।

चैत १७ः गोरखाका ६ महिला बन्दीहरू उमा भुजेल, कमला नहकर्मि लगायतद्वारा जेलब्रेक ।

चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका आक्रमण ।

२०५८ साल

जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका आक्रमण ।

जेठ १९ः दरबार हत्याकाण्ड, राजा वीरेन्द्रको वंशनास ।

जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।

जेठ २२ः अधिराजकुमार ज्ञानेन्द्र शाह राजा घोषणा ।

असार २५ः लमजुङको विचौर प्रहरी चौकी आक्रमण ।

असार २८ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी अपहरित । शाही सेनाको परिचालन प्रयास ।

असार ३०ः रामेछापको धोवीडाँडा प्रहरी चौकी आक्रमण ।

साउन ६ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी आक्रमण ।

साउन ७ः बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी आक्रमण ।

साउन ४ः माओवादीविरुद्ध सेना परिचालन गर्न राजा ज्ञानेन्द्रले नमानेपछि सोही विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा । शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन ।

साउन ८ः सरकारद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्धविरामको सकारात्मक प्रत्युत्तर ।

साउन १२ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८–२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।

साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता ।

कात्तिक २८ः तेस्रो चरणको शान्ति वार्ता पुनः गोदावरीमा सम्पन्न ।

मङ्सिर ६ः माओवादी अध्यक्षद्वारा सरकारले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन आग्रह ।

मङ्सिर ८ः जनमुक्ति सेना नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।

मङ्सिर ८ः माओवादी लडाकुद्वारा दाङको सदरमुकाम घोराही सैनिक ब्यारेक, स्याङ्जाको सदरमुकाम पुतलीबजार आक्रमण ।

मङ्सिर १०ः पूर्वमा माओवादी लडाकुद्वारा सोलुखुम्बु सदरमुकाम सल्लेरी आक्रमण, सिडिओसहित १३७ सुरक्षाकर्मी मारिए ।

 

मङ्सिर ११ः देउवा सरकारद्वारा संकटकालको घोषणा । शाही नेपाली सेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।

मङ्सिर १२ः शाही नेपाली सेनाद्वारा अपरेसन सुरु ।

मङ्सिर २२ः राज्य आतङ्कविरुद्ध भन्दै नेकपा माओवादीद्वारा नेपाल बन्द ।

फागुन ४ः माओवादीद्वारा अछाम सदरमुकाम र साँफेबगर विमानस्थलमा आक्रमण । भिडन्तमा ५५ सेना र १५० प्रहरीको मृत्यु ।

२०५९ साल

वैशाख १९ः रोल्पाको लिस्ने लेकमा सुरक्षाकर्मीसँग माओवादीको दिउँसै भिडन्त । माओवादी लडाकुद्वारा सुरक्षा बेसक्याम्प आक्रमण ।

जेठ ८ः देउवाद्वारा मध्यरातमा संसद् विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ मिति घोषणा ।

जेठ १३ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै हत्या ।

असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा कानुनद्वारा प्रतिबन्ध ।

असार २८ः भारतले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, सुरेन्द्र कार्की ९पार्थ क्षेत्री०सहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक रूपमा नेपाल सुपुर्दगी ।

भदौ २३ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका आक्रमण ।

असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष बिन्ती ।

असोज १८ः राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार विघटन । कार्यकारिणी अधिकार आफैँले लिए ।

कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा माओवादी आक्रमण ।

मङ्सिर १८ः माओवादीद्वारा लहानमा रहेको इप्रका र बैंक लुटियो ।

माघ १२ः मर्निङ वाकमा रहेका सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी पत्नीको माओवादीद्वारा गोली हानि हत्या ।

माघ १५ः सरकार र माओवादी दुबैले गरे युद्धविरामको घोषणा ।

माघ १८ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।

माघ २९ः युद्धविराम आचारसंहिता जारी ।

चैत १५ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।

चैत २०ः काठमाडौंमा माओवादीको आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।

२०६० साल

वैशाख १४ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौंको शंकर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।

साउन ३२ः सरकार र माओवादीबीच तेस्रो चरणको वार्ता नेपालगञ्ज र पछि दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा ‘जिल्ला जनसरकार’ प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या । शाही नेपाली सेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।

भदौ १०ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध गर्ने चेतावनी । काठमाडौंमा माओवादीद्वारा शाही नेपाली सेनाका कर्नेल किरण बस्नेतको हत्या ।

कात्तिक १०ः माओवादीले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चार जनाको मृत्यु ।

कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट आक्रमण ।

कात्तिक १६ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मी मारिए ।

कात्तिक २१ः माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।

कात्तिक २९ः त्रिभुवन राजपथ खण्डमा माओवादीले थापेको एम्बुसमा परी शाही नेपाली सेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।

मङ्सिरः माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।

पुस २ः माओवादी सेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुसमा लेफ्टिनेन्टसहित १० सुरक्षाकर्मी मारिए ।

पुस २५ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार थवाङमा घोषणा ।
माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।

माघ ५ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।

माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।

माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वाचित । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।

माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।

माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।

माघः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।

फागुन १९ः माओवादीद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण ।

चैत ७ः माओवादीद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि हमला । १५० भन्दा बढी सुरक्षाकर्मी मारिए ।

चैत १३ः माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्डर इन्चार्ज मोहन बैद्य किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।

चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी आक्रमण ।

चैत २५ः पशुपतिनगर इप्रका आक्रमण ।

२०६१ साल

वैशाख ३१ः माओवादी केन्द्रीय सदस्य तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेपबहादुर केसी ‘परिवर्तन’को बम बिष्फोटमा परी मृत्यु ।

जेठ ६ः डोटीको घन्टेश्वरमा माओवादी– सुरक्षाकर्मी भिडन्त । डेढ दर्जन सुरक्षाकर्मी मारिए ।

असार ३ः अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध संघर्ष गरेर सङ्गठनमाथिको आतंककारीको आरोप फिर्ता गराउन सफल ।

साउन–भदौः माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ १ वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ १ भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।

भदौ २०ः माओवादी केन्द्रीय सदस्यद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।

मङ्सिर १ः माओवादीद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाही सेनाको एक ट्रक हतियार लुटियो । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका आक्रमण ।

मङ्सिर २ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मी मारिए, हतियार लुटियो ।

मङ्सिर ५ः कैलालीको पण्डोनमा माओवादीद्वारा सेनाको रेन्जर बटालियनमाथि हमला, १९ जना मारिए ।

मङ्सिर ५ः नुवागाउँ–थवाङ–चुनवाङ शही मोटर बाटो खन्ने अभियान उद्घाटन ।

पुस ३ः काठमाडौंको साँखु इप्रका माओवादीद्वारा आक्रमण ।

पुस ७ः कर्णाली चिसापानीमा सेनामाथि आक्रमण गरी १५ सुरक्षाकर्मी मारिए ।

पुस १७ः धनकुटाको सेउतीखोलामा माओवादीको एम्बुस बिष्फोट, २० सुरक्षाकर्मी मारिए ।

माघ १९ः राजा ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओवादी अध्यक्षको अपिल ।

चैत २०ः माओवादीद्वारा ११ दिने देशव्यापी आमहड्ताल ।

२०६२ वैशाख

वैशाख २६ः माओवादीद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।

जेठ २३ः माओवादीद्वारा चितवनको बाँदरमुडेमा यात्रु बस एम्बुसमा पारी ३ सुरक्षाकर्मीसहित ४२ जनाको हत्या । दर्जनौ जना घाइते ।

जेठ २७ः काभ्रेको नार्केमा शाही नेपाली सेनामाथि माओवादी आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुवै आक्रमणमा २२ सुरक्षाकर्मी मारिए ।

असार ८ः माओवादीद्वारा भोजपुरको पान्धारेमा सेनामाथि आक्रमण । ८ जना मारिए ।

असार ११ः माओवादीद्वारा अर्घाखाँचीको खनदहमा सेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ जना मारिए ।

साउन २३ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्पमा आक्रमण । सेनामा भर्ति हुन गएका युवासहित ठूलो संख्यामा सुरक्षाकर्मी मारिए । ठूलो संख्यामा हतियार लुटिए ।

असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।

मङ्सिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।

मङ्सिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।

मङ्सिर १४ः शाही नेपाली सेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’ को मृत्यु ।

मङ्सिर १७ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।

पुस १८ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा ।

माघ १ः माओवादीद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू आक्रमण ।

माघ ८ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन आक्रमण र आगजनी ।

माघ २६ः माओवादी र सात दलको बहिष्कारका कारण शाही सरकारले घोषणा गरेको नगर निर्वाचन विफल ।

माघ २७ः माओवादीको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाही नेपाली सेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ सेना मारिए, हतियार लुटिए ।

चैत २४ः सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।

२०६३ साल

वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनर्स्थापना ।

वैशाख ११ः माओवादीद्वारा धोका भएकोभन्दै आन्दोलन जारी राख्ने घोषणा ।

जेठ ४ः पुनर्स्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।

जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचारसंहिता जारी ।

असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट सार्वजनिक, आठबुँदे सहमति ।

साउन २४ः सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।

कात्तिक २२ः सात दल( माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधानसभाको पहिलो बैठकले गर्ने निर्णय ।

मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक शान्ति सम्झौता, ११ बर्षे माओवादी ुजनयुद्धु को समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टीभित्रै आलोचना ।

माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।

चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन ।

२०६४ साल २८ चैतमा पहिलो पटक नेपालमा संविधानसभाको निर्वाचन सम्पन्न ।

सम्बन्धित समाचार