आँखा उपचार केन्द्र जुम्लाले १० बेडको चन्दनाथ आँखा अस्पताल स्थापना गर्ने

जुम्ला । आँखा उपचार केन्द्र जुम्लाले आँखा अस्पताल स्थापना गर्नका लागि अभियान सुरु गएको छ । नेत्र ज्योति संघ जुम्लाले दश बेडको चन्दनाथ आँखा अस्पताल स्थापनाका लागी पहल गर्दै आएको हो । आँखा उपचार केन्द्रलाई स्तर उन्नति गरेर चन्दननाथ नेत्र ज्योति संघ आँखा अस्पताल स्थापना गर्न थालिएको बताएको छ । नेत्र ज्योति संघ जुम्लाका सभापति धनबहादुर बस्नेतका अनुसार हरेक वर्षको २÷३ पटक आँखाको सल्यक्रिया गर्नका लागि शिविर सञ्चालन गर्नु परेको छ ।

सधैँ बाहिरबाट चिकित्सक ल्याएर शिविर सञ्चालन गर्नु भन्दा दैनिक शल्यक्रिया हुने गरी आँखा अस्पताल नै स्थापना गर्न थालिएको उनले बताए । “वर्षमा एक पटक मात्रै शिविर सञ्चालन गर्दा तीन सय जना भन्दा बढीको आँखा शल्यक्रिया र ३५ सय भन्दा बढीको आँखा परीक्षण हुने गरेको थियो ।
आँखा अस्पताल स्थापना गर्नका लागि सहयोगको अपिल पनि गरेका छौँ । आजीवन सदस्यहरूले भोलेन्टियर काम गर्दै आएका छन् ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका नेपाल नेत्र ज्योति संघ केन्द्रले उपकरण र एक जना चिकित्सक पठाएको छ । चिकित्सकलाई सहयोग गर्ने दुई जना कर्मचारी भर्ना गर्नका लागि स्थानीय सरकार नगर तथा गाउँपालिकासँग सहयोग मागेका छौँ । ” उनले भने । “अहिले हामी यहाँका स्थानीय तह चन्दननाथ नगरपालिका, हिमा, सिजा, कनकासुन्दरी, तिला, तातोपानी, पातारासी र गुठीचौर गाउँपालिका जुम्लासँग सहयोगका लागि भेटघाट कार्यक्रम थालिएको छ ।

उनले थपे । स्वर्गीय हरिचन्द्र महतले ०४८ सालमा नेपाल नेत्र ज्योति संघ जुम्ला स्थापना भएको हो । अहिले २५० जना आजीवन सदस्य रहेका छन् । एक जना आजीवन सदस्यबाट दुई हजार ७०० रुपियाँ शुल्क लिने गरिएको नेत्र ज्योति संघ जुम्लाले जनाएको छ ।

 

सम्बन्धित समाचार