जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले प्रदान हुने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी बनाउन सार्वजानिक सुनुवाई गरेको छ । स्थानीय तहबाट दिदै आएका सेवा सहि ढंगबाट सञ्चालन गर्नका नागरिक नागरिक सामु सार्वजनिक सुनुवाई गरिएको हो । गाउँमै आएको स्थानीय सरकारबाट सहज र सरल रुपमा आम नागरिकले सेवा लिन पाउनुपर्नेमा स्थानीयको अधिकारी लाई मध्यनजर गर्दै पातारासीले गत आवको सार्वजनिक सुनुवाई तथा चालु आवको समिक्षा कार्यक्रममा सम्पन्न गरेको छ ।
गाउँपालिकाले तथा वडा कार्यालयहरुको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद धितालेले बताए ।उनका अनुसार असारे बिकासलाई अन्त्य गर्नका लागी सबै वडाध्यक्षलाई योजना सम्झौता छिटोछरीतो गर्न अनुरोध गरिएको छ ।
त्यस्तै सेवाग्राही प्रति सेवा प्रदायक तथा निर्वाचित जनप्रतिनिधिहरुलाई जवाफदेही बनाउने उद्देश्यले आयोजना गरिएको गत आव २०७८ । ७९को सार्वजनिक सुनुवाई तथा चालु आव २०७९। २०८०को समिक्षा कार्यक्रममा गरिएको हो । सेवाग्राहीहरुको गुनासो वा जिज्ञासाको बारेमा प्रश्नोत्तरको बारेमा पातारासी गाउपालिकाका अध्यक्ष पुर्ण सिहं बोहोराले सम्बोधन गरेका थिए । उनका अनुसार आगामी दिनमा सेवा सुधारका लागि मार्ग निर्देशन, नागरिकलाई सूचनाको हकको प्रत्याभूति दिलाउने लगायतका विषयमा छलफल गरिएको छ ।
त्यस्तै गाउँपालिकाको आयोजना गरेको अर्ध बार्षिक समिक्षा तथा सार्वजानिक सुनुवाई कार्यक्रमको सहजिकरण भुरिचुला मिडिया प्रालिले गरेको थियो ।त्यस्तै कार्यक्रममा पातारासी गाउँपालिकामा रहेको उच्च स्थानमा मार्सिधान फल्ने ज्युलोको बारेमा चर्चा समेत भएको छ । यसको लागी पालिकाले डिपिआर तयार गरेको बताएको छ ।
त्यस्तै पातारासी गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा ,सचेतनाका कर्याक्रमलाई समेत प्रथामिकता दिएको पालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन ।उनले ,गाउँपालिकाबाट विनियोजन भएको बजेट तथा कार्यक्रमबारे नागरिकले राखेका प्रश्न, गुनासो तथा जिज्ञासाको सम्बाधन गर्ने गरी काम गर्ने प्रतिबद्धता गरिन ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द अचार्याले कृषि क्षेत्रको सम्भावना बोकेको पातारासीमा उत्पादन मुखि काम गर्नु पर्ने बताए । उनले साना किसान मारमा परेकाले पालिकाले कृषि निति बनाउनु पर्नेमा जोड दिए । उनले थपे ,”नागरिकका अपसी बिवादले योजना सम्झौता नभइ बजेट फ्रिज जाने समस्या समाधानका लागी आफु तयार रहेको बताए ।
त्यस्तै नेपाल पत्रकारकार महासंका अध्यक्ष नेत्र बहादुर शाहीले संञ्चारकार्य बिधि बनाउन पालिकालाई अनुरोध गरेका छन । उनले सुचनाको बिनाको बिकास प्रभावकारी नहुने भन्दै पालिकले नागरिकलाई सुचनाको प्रत्याभुत दिलाउनको लागी सुचना प्रकासन तथा प्रसारणमा जोड दिन अनुरोध गरे ।
त्यस्तै पातारासी गाउँपालिकाको २०७८ । २०७९ को प्रस्ताबित आय ४८ कारोड ७५ लाख ५५ हजार १ सय ३० रहेको थियो । भने बास्तबिक आय ४५ कारोड ३७ लाख ३९ हजार ९ सय ४७ रहेको थियो । त्यस्तै त्यहाका नागरिकले विगतका जनप्रतिनिधिले अपेक्षित काम गर्न नसकेको, जनताको भावनाको कदर नगरेको भन्दै यस पटकका निर्वाचित जनप्रतिनिधिको ध्यान जानु पर्ने बताएका छन ।