जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जुम्लामा लागुऔषधको प्रयोग चिन्ताजनक रुपमा बढ्दै गएको बताए । उनले आफ्नो १५ महिनाको कार्यअवधि पछि सरुवा कास्की जार्दै गर्दा पत्रकार भेटघाटमा यस्तो बताएका हुन । उनले भने, आफ्नो कार्यअवधिमा लागु औषधका १० मुद्दा दर्ता गरेका छन । ३१ जना प्रतिवादी पक्राउ परेका छन ।
प्रहरीको यो तथ्याङकले लागुऔषधको प्रयोगकर्ता चिन्ताजनक रुपमा बढ्दै गएको बुझिन्छ । लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ । ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको देखिन्छ ।
कर्तव्य ज्यान सम्बन्धीका ४ वटा मुद्दा दर्ता भएका छन । त्यस्तै जवरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका छन , भने २१ जना पक्राउ परेका छन । जवरस्ती कारणी उद्योग सम्बन्धीका २ मुद्दा दर्ता भएका छन भने २ जना पक्राउ परेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार ज्यान मार्ने उद्योग गरेको सम्बन्धी ४ मुद्दा दर्ता भइ ६ जना पक्राउ परेका छन ।
त्यस्तै जुम्लामा चोरीका ११ मुद्दा दर्ता भएका छन ,भने १७ जना पक्राउ परेका छ । त्यस्तै अभद्र व्यवहार सम्बन्धीका ८ मुद्दा दर्ता भइ १० जना पक्राउ परेका छन ।
त्यस्तै सवारी ज्यान सवारी भवितव्यका ८ मुद्दा दर्ता दार्ता भइ ४ जना पक्राउ परेका छन । त्यस्तै भवितव्य ज्यान ९ वटा मुद्दा दार्ता भएका छन । त्यस्तै झुण्डीयर आत्महत्या गरेका ७ मुद्दा दर्ता भएका छन । अन्य दश गरी ९१ मुर्दा दर्ता भएका छन ।
त्यस्तै जुम्ला प्रहरीले अदालतका फैसला कार्यान्वयन तर्फका विभिन्न मुद्दाका १८ जना प्रतिवादी पक्राउ गरी १२ वर्ष ८ महिना ७ दिन कैद र रु. १३७०७४ जरिवाना असुल उपर गरिएको प्रहरी निरीक्षक धर्माराज जोसीले बताए । उनका अनुसार चालु आ.व. को जवरजस्ती कारणीको फरार प्रतिवादी १ जना पक्राउ गरी काठमाण्डौ पठाईएको छ ।
त्यस्तै जुम्ला प्रहरीले घरेलू हिंसाका ९० वटा मुदा मिलापत्र गरेको छ । ६० वटा मुदा आफुखुसी अदालत गएका छन भने , २५ सम्पर्कमा नआएको छन । त्यस्तै सामाजिक हिंसाका ७४ उजुरी परेका छन । जसमा ६३ मिलापत्र , ७ वटा आफुखुसी अदालत गएको र ४ वटा सम्पर्कमा नआएका छन ।हराएका बालबालिका अन्तर्गत महिला ३७, बालक २० बालिका २३, पुरुष ३६ गरि जम्मा १ सय १७ मध्ये फेला परेको महिलाको संख्या ३३, रहेको छ भने बालक २०, बालिका २२ र पुरुष ३० गरि जम्मा १०५ जना फेला परेका छन ।
त्यस्तै स्थानीय तह, संघ र प्रदेशसभाको निर्वाचनलाई न्युन जनशक्ति र स्रोत साधनका बिच पनि , निष्पक्ष, भयरहित र शान्त वातावारणमा सम्पन्न गरिएको उनको दाबी छ ।
उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालयमा स्तरमा बढ्दो लागु औषधको नियन्त्रण तथा रोकथामका लागि विभिन्न सचेतना कार्यक्रम गरिएको छ । डिएसपी चन्दको कार्यकालमा जुम्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिंजाको नराकोट (ख) र पातारासिको तल्फीमा नयाँ प्रहरी चौकी स्थापना गरिएको छ ।