आगामी चुनावबाट प्रधानमन्त्री बन्ने गरी आउँछौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने दाबी गरेका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलन गर्दै उनले भने, ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन । आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने छौँ ।’

सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए । ‘कसैले खेदेर डराउँदिनँ । म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु,’ उनले भने ।

उनले आफू जेल गए पनि रास्वपा अघि बढ्ने बताए । ‘म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे वा बहुलाए पनि रास्वपा चल्छ,’ उनले भने ।

सम्बन्धित समाचार