काठमाडौं । संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको अवस्था गम्भिर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको अवस्था गम्भिर भएको अस्पतालका निर्देशक डा. शंकरमान राईले बताए ।
उनले भने, ‘उहाँको ८० प्रतिशत जलेको छ । उहाँको अवस्था अति गम्भिर भन्दा हुन्छ । ८० प्रतिशत जलेको व्यक्तिलाई बचाउन असम्भव नै हो । हामीले अहिलेसम्म ५० प्रतिशत जलेका व्यक्तिलाई बचाउन सकिएको छ ।’
मंगलबार दिउँसो ३ बजेतिर उनले शरीरमा ज्वलनशील पदार्थ खन्याई आत्मदाहको प्रयास गरेका थिए ।
आगो लागेको केही बेरमै प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो ।