खानासँग विषादीयूक्त जडिबुटी खाएपछि जुम्लामा एक जनाको मृत्यु, ३ बिरामी


चन्दननाथ नगरपालिका –८ रोकायाबाडामा खाना गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी परेका छन् । मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन् । बिरामीमध्ये तिल घर धनी हुन् । अरू सबै उनको घर बनाउन ज्यालामा आएका डकर्मी हुन् ।

गेडागुडी खाइसकेपछि सबै जना एक्कासी बेहोस भएका थिए । उनीहरुलाई तत्कालै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याएको स्थानीय भैरबहादुर धरालाले बताए । उनले गेडागुडीमा हालिएको जडिबुटीमा विषादीयूक्त जडिबुटि परेको हुन सक्ने बताए । मृतक बाहेक अन्य ३ जना होसमा आइसकेका छन् । उनीहरुको प्रतिष्ठानको आईसियुमा राखेर उपचार भइरहेको डीएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

 

सम्बन्धित समाचार