मन्त्रालय भागवण्डाः मोटामोटी सहमति भए पनि सात दल बसेर टुङ्ग्याउने

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डामा मोटामोटी सहमति भएको बताएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको छलफलले मन्त्रालय भागवण्डाको मोटामोटी खाका बनाएको छ । तर टुङगिइसकेको भने छैन ।
आजको प्रधानमन्त्री र ओलीबीच भएको छलफलबाट मोटामोटी सहमति भए पनि सात दलहरूको बैठक बसेर भागवण्डा टुंगीने बालुवाटार स्रोतले बताए । अहिले नै कुन दलले कति मन्त्रालय पाउने भन्ने प्रस्ट नभइसकेको बताइएको छ ।

एमालेबाट अहिले नै चार जना मन्त्रीमध्ये तीन जना बिनाविभागीय छन् । विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री छन् । मोटामोटी सहमतिअनुसार एमालेले ८, माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले २, जसपाले २, जनमत, नागरिक उन्मुक्ति र लोसपालाई एकरएक मन्त्रालय दिने सहमति भएको बताइन्छ ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भएका छन् । माओवादीले अब तीन मन्त्रालय पाउनेछ । प्रधानमन्त्री प्रचण्ड भइसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड अझै लचक भएर सबै दलहरूलाई चित्तबुझ्दो गरी भागवण्डा गर्ने तयारीमा रहेको बताइन्छ ।

सम्बन्धित समाचार