पेट्रोल र डिजेलको भाउ बढ्यो

काठमाण्डौ –: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ । एलपी ग्यासको भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको छ ।

नयाँ मूल्यअनुसार (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल १०९ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेल ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाण्डौको हकमा) एक हजार ३७५ रुपैयाँ प्रतिसिलिण्डर कायम गरिएको छ ।

हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब  छ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । जसको कारणले अहिलेसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

मूल्य समायोजन गरेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार