काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजनीतिलाई तीन पूर्वप्रधानमन्त्रीले आफ्नो अखडा बनाएको आरोप लगाएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देशका तीन पूर्वप्रधानमन्त्रीहरुले सत्ता प्राप्तिका लागि जुनसुकै सम्झौता गर्न तयार भएको बताए।
‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरूको अखडा जस्तो भयो । कुनचाहिँ भूतपूर्व प्रधानमन्त्रीले कुनचाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो ? आइतबार फलानोले झुकाउनु भएको थियो । सोमबार अर्कोले ठहरै पार्नुभयो’ उनले भने, ‘अहिले तपाईँहरू सबैको मनमा के छ रु कुनचाहिँ भूतपूर्वले कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई झुक्याइराखेको होला । अस्ति सरकारलाई भोट किन हालेको होला । यो कुरा कसको मनमा छैन अहिले ।’
तीन भूतपूर्व प्रधानमन्त्रीहरूको अखडाभित्र कसले कसलाई छक्क्याउने, कसले कसलाई ढाल्ने एउटा क्लब जस्तै भएको टिप्पणी गरे।