जुम्ला ः हिमा गाउँपालिका ७ रुपल्ली देवी आधारभुत विद्यालया वालमैत्री तथा अपांगतामैत्र बनेको छ । प्लान ईन्टरनेश्नल नेपालको सहयोग अन्तरगत किर्डाक नेपाल मर्फत वालमैत्री तथा अपांगता मैत्री भवन निमार्ण भएको हो ।
दुई वटा ब्लगमा ४ कोठे भवन निर्माण गरेर विद्यार्थीलाई सहज भएको छ ।
अहिले विद्यार्थीहरु सो भवन निर्माण भएपछि सजिलै अध्ययन गर्न पाएका छन् । विद्यालयका अनुसार २७० जना विद्यार्थीे छन् । नयाँ भवनमा एक सय भन्दा बढि विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । त्यो भनव निमार्णका लाखी ६३ लाख ६३ हजार ४ सय ६२ रुपैयाको लागतमा निमार्ण भएको हो ।
हिमा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बिक्रमबहादुर शाहीका अनुसार कक्षाकोठा गुणस्तर र दृष्टिविहिन मैत्री बाटो समेत उक्त भवनमा निर्माण गरिएको छ । कक्षा ७ सम्म संचालन भईरहेको उक्त विद्यालयमा ४ कोठे पक्की वालमैत्री तथा अपांगतामैत्री भवन निर्माण भएपछि धेरै राहात भएको स्थानीयले जनाएका छन् ।उनले विद्यालयमा सो भवन नमूनाको रुपमा स्थापित भएपछि अन्य भवन पनि त्यस्तै निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने जोड थियो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संदिप शाहीले विद्यालयमा नयाँ निर्माण भएको भवन गुणस्तर भएको बताइन । भवनमा ईसिडि देखी १ देखी ३ सम्म अध्ययन भईरहेको छ । उनका अनुसार कक्षाकोठा भित्र वालमैत्री टेवुल, कुसुन र शैक्षिक सामग्री समेत रहेका छन् ।
विद्यालय राम्रो बनेपछि सरोकारवाला निकायले अनुगमन गरेका छन् । प्लान नेपालका क्षेत्रीय प्रवन्धक मिना पराजुली, जिल्ला समन्वय समितिका संयोजक नरविर सुनार सहित सरोकारवाला निकायले विद्यालयको अनुगमन गरेका छन् । अनुगमनको क्रममा प्लानका क्षेत्रीय प्रवन्धक पराजुलीले गुणस्तर भवन नमूनाको रुपमा निर्माण भएको छ, अन्य भवनहरु यस्तै निर्माण गर्न आवश्यक रहेको छ ।