कर्णालीमा आलोपालोको सहमति, पहिलोमा शर्मा, दोस्रोमा कँडेल

सुर्खेत : प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न एक घण्टा मात्रै बाँकी रहेको समयमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच सहमति भएको छ। कर्णाली प्रदेशमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर केन्द्रीय स्तरका नेताबीच सहमति भए पनि उक्त सहमति आज उल्टिएको हो।

अब कर्णालीमा शुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन्।

अन्ततः झण्डै सात वर्षपछि नेता कँडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने निश्चित भएको हो। यो सहमतिसँगै दुवै दलका नेताहरू प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा लागेका छन्। आजको केही समयभित्रै प्रदेश प्रमुखसामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्नेछन्।

सम्बन्धित समाचार