प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ।
मंगलवार प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसद्लाई जानकारी गराएका हुन्। त्यस अवसरमा उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उक्त निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए।
सभाका ज्येष्ठ सदस्य राणाले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीबारको दिन तोकेँ। साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसद्को महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलबारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु।’
सत्तारुढ दलहरूबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमति भएको छ।