ढाँका बुनेर आत्म निर्भर बन्ने सपना बोक्दै तिलाका महिला


जुम्ला – तिला गाउँपालिका ६ की कुन्ती रावतको सिप सिकेर आत्म निर्भर बन्ने ठुलो सपना थियो । उनलाई सिपकाउने तालिम कासले देला भन्ने मनमा आउथ्यो । तर उनीसंग त्यो मनको सपना पुरा गर्ने न सिप थियो। न त ज्ञान। रावतले यस पटक ३ महिने ढाँका बुनाइ तालिम पाए पछि खुसि भएकी छन ।
उनले यस अघि कुनै पनि सिप बिकास सम्बन्धी तालिम पाएकी थिइन । उनले भनिन, तिला गाउँपालिका र उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय र किडार्क नेपालको सहयोगमा दुइ महिने ढाँका बुनाई तालिम लिएकी लिए । रावतले भनिन,” त्यो तालिममा पुर्णरुपमा दक्षहुन सकिएन । फेरी पनि हामीलाई एक महिने पुनर्ताजकीय ढाँका बुनाइ सम्बन्धी तालिम दिइएको छ । तिन महिने तालिमले ढाँकाका सल बुन्न सिकेका छौ ।


महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले तीन महिना ढाँकम बुनाई सम्बन्धी सिप दिइएको तिलागाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले भने, तिलागाउपालिका हरेक महिलालाई उद्यमी बनाउन जरुरी छ ।
जब सम्म महिला आत्मनिर्भर हुदै तब सम्म समृद्ध गाउँपालिका नहुने बताए । अध्यक्ष रोकायले भने,”महिला दिदी बहिनीहरुलाई आत्मनिर्भर बन्न सकून भन्ने उदेश्यले बिभिन्न संस्था संगको साझेदारीमा स्थानीय सरकारको हैसियत अनुसार इच्छुक महिलालाई सीप मूलक कर्याक्रम सञ्चालन गर्दै आएको छ ।


त्यस्तै जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले परम्परागत शैलीमा रहेर महिलाको दैनिकी नफेरिने बताइन । उनले भनिन, जुम्लाका हरेक महिलाले आफ्नो खुट्टमा उभिनु पर्छ । अनिमात्रै महिला हिंसामा कमी आउँछ । उनले थपिन जागिरे जिवन निश्चित अबधिको लागी हो । सिपनै जिवन जिउने आधार रहेको बताईन ।

त्यस्तै तिलागाउँपालिकाका उपाध्यक्ष गोरिकला बुढाले तिलाका २० जना महिलाई ढाँका बुनाई सम्बन्धी तालिममा बोलाइएको थियो । तर जना नआएपछि १४जना महिलाहरुलाई दिइएको छ । उनका अनुसार यो तालिमले तिलाका १४ जना महिलाले ढाँकाका सौउल बुन्न सिकेका छन । उनले भनिन,” यस अघि बिभिन्न सिप सम्बन्धी तालिम लिएका महिलाले ब्यवाहारमा लागु नगरेका कारण यस पटक पालिकाले बिषेश निगरानी गर्ने बताइन । अहिले ढाँका बुनाइ सम्बन्त्री सिप सिकेका सबै सहभागीले अनिवार्यरुपमा उद्यमी बन्नु पर्ने छ ।


त्यस्तै उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले विशेषगरी तिलागाउँपालिकाका महिलाहरुलाई उद्यमशिल बनाउँने उदेश्यले यो तालिमलाई सञ्चालनमा ल्याईएको बताए। उनले भने ढाँकाको छुट्टै पहिचान पनि छ ।
ढाँका बुनाइ तालिमले यहका महिलालाई आत्मनिर्भर बन्न सक्ने अवसर भएको बताए । प्रमुख देवकाले हरेक क्षत्रमा महिलाहरु निपुण हुनु पर्ने बताउँदै तालिमले महिलाको आयआर्जनमा टेवा पुर्याउने हाम्रो लक्ष्य हो ।उनले भने,”राज्यको बजेटबाट सञ्चालन हुने क्षमता अभिवृद्धिका तालिमहरुको सही सदुपयोग गर्न सकेमात्र विनियोजित बजेटले सार्थक्ता पाउने बताए ।उनले भने हाम्रो दायित्व सिप सिकाउने हो ।

प्रविधिमा सहयोग गर्ने हो । उनले थपे,”कुनै पनि निकायले महिलाको जिवन स्तरमाथी उकास्नका लागी संञ्चालन गरिएको क्रियाकलाप दिर्घकालिन भएन भएको बारेमा अनुगमन स्थानीय निकायले गर्नु पर्ने बताए । जुम्लामा अहिले हजारौँको संख्यामा उद्योग दर्ता भएका छन । तर, अनुदानका लागि मात्रा उद्योग दर्ता गरेको आरोप बताए ।तिलाका महिलाले यो सीप सिकेर पछि उद्योग दर्ता गर्न अनुरोध गरे । यस्ता खालका सीप सिकेर रोजगारको बाटो बनाउनको लागि तयार हुन अनुराध गरे ।

त्यस्तै ढाँका बुनाइ तालिमका प्रशिक्षक पुस्पा रेस्मी मगरले आर्थिक नै महिलाका लागी बाधक भएको बताइन । उनले भनिन, सिप सानो र ठुुलोे भन्ने हुदैन । उनले ढाँका बुनाइसिपले आफ्नो जिवन बलेको उदारण दिइन । उनले भनिन, यो सूरुवात हो ।
ढाँकाका चोला ,साडी, खादा जस्ता धेरै सिप सिक्न बाँकी छ । प्रशिक्षक रेस्मी मगरले भनिन, तिलाका महिला मजस्तै प्रशिक्षक भएको हेर्न मन्छ । ढाँकाका बपडा बनाइने धागोको लागी सम्र्क नगर्न पनि अनुरोध गरिन ।


त्यस्तै सहभागीको मन्नु बुढाले भनिन, ढाँकामा सौउल बनाउन सिकेका छौ । यसलाई निरन्तरता दिनेछौँ । पालिकाले बजारी करणको ब्यवस्था गर्नु पर्छ । उनका अनुसार एकसौउल बुन्न दुइदिनको समय लाग्ने गरेको छ ।

त्यस्तै ढाँकाका कपडा बुन्नका लागी चाहिने तान, काँइया किर्डाक नेपाललेले उपलब्ध गराएको सामाजिक परिचालक मिना बुढाले बताइन । उनले भनिन, महिलाको आयआर्जनमा टेवा पु¥याउने हेतुका साथ तिला गाउँपालिकामा ३ महिने ढाँका बुनाई सम्बन्धि तालीम संचालन भएको छ ।
वल्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, तिला गाउँपालिका जुम्लाको आयोजना र किर्डाक नेपालको साझेदारीमा ढाँका बुनाई सम्बन्धि सिप महिलालाई दिइएको हो ।

सम्बन्धित समाचार