जुम्लाको चन्दननाथ नगरपालिका अन्तर्गतको बाताबरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा प्रारम्भिक द्रुत लेखाजोखा (आइआरए) सम्बन्धि दुईदिने तालिम मंगलबार सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।युनिसेफको प्राविधिक सहयोग तथा चन्दननाथ नगरपालिकाको साझेदारीमा विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले उक्त तालिम आयोजना गरिएको हो ।
्बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङजस्ता प्रकोपहरूको उच्च जोखिममा रहेको छ । विभिन्न विपद्का कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गर्दछ । सम्भावित विपद् र यसको जोखिमको अवस्थालाई मध्यनजर राख्दै सम्बन्धित निकायहरू र साझेदार संस्थाहरूले प्रभावकारी विपद् प्रतिकार्य तथा उद्धारका लागि विपद्लेखाजोखाको तयारी गर्ने तालिमको उदेश्य हो।
दु्रत तथा बहुक्षेत्रगत लेखाजोखाको सन्दर्भमा विगतमा फरक फरक विधिहरु प्रयोग हुँदै आएकोअवस्थामा विपद्पश्चातको लेखाजोखाको प्रक्रियालाई एकीकृत तथा समन्वयात्मक रुपमा सञ्चालन गर्न विपद्लेखाजोखा मार्गदर्शन, २०७२ जारी गरिएको बारेमा पनि जानकारी गराइएको थियो ।
विपद् प्रभावित क्षेत्रको मानवीय तथा भौतिक क्षतिको तथ्यांक संकलन र विश्लेषणद्वारा प्रतिकार्य तथा शीघ्र पुनर्लाभ आवश्यकताको लेखाजोखा गरी प्रभावकारी मानवीय सहायता प्रदान गर्नु यस मार्गदर्शनको उद्देश्य रहेको छ ।
तालिममा विपद्का शब्दावली, विपद् व्यवस्थापन चक्र, प्रारम्भीक द्रुत लेखाजोखाको मोबाइल एप्सबाट फाराम भर्ने तरिका र विस्तृत घरधुरी सर्वेक्षण लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यहारिक अभ्याससमेत गरिएको थियो ।
तालिममा नगरपालिका भित्रका १ देखिन १० सम्मका वडाका जनप्रतिनिधि, वडा सचिव, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी,नेपाल प्रहरीका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो।कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद् बाजा बजाएर र निम्तो दिएर नआउने भएकोले पूर्वतयारी आवश्यक रहेको बताए । उनले वर्तमान समयमा द्रुत गतिमा सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको औल्याए।उनले विपद् न्यूनीकरणका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेको बताए।
चन्दननाथ नगरपालिका –२ वडा अध्यक्ष हेमबहादुर बुढ्थापाले विपद्को समयमा सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । उनका अनुसार रेडक्रस र नगपालिकाबीच समन्वय र सहकार्य आवश्यक छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुरी बुढ्थापाले विपद् अचानक आइपर्ने घटना भएकाले पूर्वतयारी आवश्यक रहेको बताए ।कार्यक्रमको प्रशिक्षकद्वय लोकराज जोशी र राजसारु मगरले सहजीकरण गरेका थिए ।