जुम्ला ः चन्दननाथ नगरपालिका नौ की नन्दलक्ष्मी रावलले सिँचाइ कुलो निर्माण भएपछि सोचे अनुसार खेतीबाट उब्जनी हुने बताइन ।उनी यस अघि जसो तसो खनेर बनाएको कुलोले खेत सिँचाइ गर्न बाध्य थिइन । उनी मात्रै होइन चन्दननाथ नौमा रिमिज्युलोमा खेत भएका सबै किसानको पीडा तेही थियो ।
तर अहिले उमगाड सिँचाइ कुलो निमार्ण भए पछि त्यहाका किसानलाई जौँ गहुँ सिँचाइ गर्न सहज भएको छ । कृषि बिकास कार्यालय जुम्लाको ६ लाख र २० प्रतिशत स्थानीयको लागत सहभागीतामा १ सय ४२ मिटर आरसीसी कुलो बनेको छ ।
त्यस्तै हातले खानेर बनाएको कुलो बाढी आउदा बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्था रहेको सोही ठाउका स्थानीय नवराज रावतले बताए ।उनले भने,पक्की कुलो निर्माण भएसँगै यहाका खेती गर्ने किसानलाइ केही सहज भएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका सातमा रहको छन्ने ज्युलोमा पनि दुइवटा सिँचाई कुलो निमार्ण भएका छन । बालढुक्सा देखि दोकामुल सम्म १ सय २० मिटिर बनेको छ । भने दोकामुल देखी अगाडी १ सय २० मिटर गरी दुइ सय ४० मितर आरसीसी कुलो निमार्ण गरिएको छन्ने ज्युलो सिँचाई कुलो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष माया बुढ्थापाले बताइन । उनका अनुसारकुलो निर्माण भएसँगै अब खाद्यान्न बाली, तरकारी लगायतका नगदेबाली उत्पादनमा धेरै सहज हुने भएको छ । उनले भनिन, “७० मिटरकुलो कच्चीछ । बजेट अभावले पुरै निमार्ण हुन सकेको छैन । जुम्लाको मुख्य बालीका रुपमा रहेको मार्सी धान र यहाका जौँ र गहूँ हो ।अन्य तरकारी खेती गर्नमा सिँचाइ कुलोले ठूलो राहत मिलेको किसानको भनाई छ।
जु्म्ला हिमाली भेग भएकाले प्रायः सुक्खा क्षेत्र छ ।यहाका किसानले माघ महिनामा अनिबार्य रुपमा हिउँदेबालीको सिँचाइ गर्ने समय भएको कृषि बिकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश बहादुर अधिकारीले बताए । उनले भने, चन्दननाथ नगरपालिकामा मात्रै तिन वटा कुला निमार्ण भएका छन । उनका अनुसार ६ लाख कृषि बिकास कार्यलयको बजेट र २० प्रतिशत लागत सहभागीतामा तिन वटै आरसीसी कुलो सम्पन्न भएका छन ।कृषि बिकास कार्यालयका अनुसार १ सय ५ वटा सिँचाइ कुलो आयोजना रहेका छन । सज अन्तरगत केही सम्पन्न भएका छन । केही सम्झौता हुनेक्रममा छन,। भने कही कुला निमार्णधिन अवस्थामा रहका छन ।
निमार्ण सम्पन्न सिँचाइ कुलोको अनुगमन
जुम्लाको कृषि बिकास कार्यालयले तत्काल निमार्ण सम्पन्न तिनवटा सिँचाइ कुलाहरुको अनुगमन गरेको छ ।चन्दननाथ नगरपालिका नौमा रहेको रिमिज्युलोको लागी निमार्ण सम्पन्न भएको उमगाड सिचाई कुलो र चन्दननाथ नगरपालिका सातमा रहको छन्ने ज्युलोमा निर्माण भएका दुइवटा सिँचाई कुलोको अनुगमान गरिएको हो ।
कृषि बिकास कार्यालयका इन्जिनियर निवन कठायतका अनुसार कृषिकार्यलयको ६ लाख र २० प्रतिशत स्थानीयको लागत सहभागीतामा उमगाडमा १ सय ४२ मिटर आरसीसी कुलो बनेको बताए । उनले भने ,बालढुक्सा देखि दोकामुल सम्म १ सय २० मिटिर र दोकामुल देखी अगाडी १ सय २० मिटर गरी दुइ सय ४० मिटर आरसीसी कुलो निमार्ण गरिएको छन्ने ज्युलो सिँचाई कुलो निर्माण भएको छ ।
सिँचाइकुलो अनुगममा पुगेकी प्रतिनिधि सभा सदस्य सांसद बिनिता कठायतले सिँचाइ सुविधा किासनले उपभोग गर्न पाउनु पर्ने बताइन । उनले जुम्लाका किसानका समस्या समाधानका लागी पहल गर्ने बताइन । उनले भनिन, कृषि कार्यालयले निमार्ण गरेका पक्की कुलो गुणस्तर भएको बताइन । उनले कृषि उत्पादनका लागी सिँचाइ महत्वपुण भएकाले पक्की कुलो निमार्णको लागी आफ्नो निकायमा ध्यानाकषर्ण गर्ने प्रतिबद्धता गरिन ।
त्यस्तै जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख नरविर सुनारले धान खेतीका लागि र तरकारी उत्पादनको लागी जुम्ला उत्कृष्ट जिल्ला हो । यहा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ । उनले भने सिँचाइ अभावले यहाका किसानलाई खेतीका निकै समस्या हुने गरेको छन । उनले थपे,कृषि बिकासले गरेको सिँचाइ कुलो निमार्णले केही राहत भएको छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जुम्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानलाई खेती गर्न सहज हुँदै गएको बताए ।उनका अनुसार आबश्यकताका आधारमा सिँचाई योजना सञ्चालन गरेको खण्डमा पानीको अभावमा कुनै पनि किसानको जमिन बाँझो र रहने अबस्था आउदैन । कृषि बिकास कायालय जुम्लाका अनुसार जिल्ला भरी २६ हजार हेक्टर खेती योग्य जमिन रहेको छ।