प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ भोलि दिउँसो ४ बजे हुने भएको छ ।  प्रचण्डकाे शपथसँगै सानाे आकारकाे मन्त्रिपरिषद् गठन हुनेछ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

आइतबारै प्रचण्डले आफूलाई १७९ सांसदको समर्थन रहेको दाबीसहितको पत्र राष्ट्रपतिलाई बुझाएका थिए ।  प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।

आज नै प्रचण्डले आफ्नो पार्टी माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए।

सम्बन्धित समाचार