जुम्लाको हिमा गाउँपालिकाको बड्की गाउँमा स्वास्थ्य शिविर श्ुरु भएको छ । निशुल्क शिबिर गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित टोली घुम्ति शिविर गरिएको हो ।गाउँमै स्वास्थ्य शिविर बसेपछि सेवाग्राहीको भिड बढेको छ ।हिमा गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको छ । शिविरको पहिलो दिन विभिन्न रोगका ३ सय ७६ जना विरामीको उपचार गरिएको छ ।
त्यस्तै आयोजक हिमा गाउँपालिकाका अनुसार स्त्रीरोग सम्वन्धी जाँच तथा उपचार,आखाँ जाँच तथा मोतियाविन्दुको सल्याक्रिया, दातको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण भईरहेको छ । प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।उनका अुनसार ९ जना आँखाका विरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
शिविरमा हिमा गाउँपालिका वडा नम्बर १ को बड्की,देवारगाउँ, आचार्यलिही, मोफ्ला, ओदी, जोगिवाडा, वाजागाडा सहित आसपासका अन्य गाउँका मानिसहरु पनि निशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न आएका स्थानीयले बताएका छन् ।
स्थानीय खम्वा शाहीले निशुल्क शिविरको दोस्रो दिन पनि स्वास्थ्य परीक्षण गर्नेको भिड बढेको बताए ।उनले भने,गाउँमै स्वास्थ्य शिविर आएपछि धैरै मानिसहरु उपचार गर्न उत्साहित भएका छन ।
त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीका नागरिकको आधारभुत आवश्यकता मध्य स्वास्थ्य जाँच भएको हुदा गाउँपालिकाको पहलमा शिविर संचालन गरिएको छ । सोही अनुसार धेरैले गाउँमै सेवा लिने अपेक्षा गरिएको बताए । उनले यस यस्ता प्रकारका कार्यक्रमा गाउँपालिकाले प्रथामिकता दिदै आएको र निरन्तरता दिनेमा जोड दिए । यस अघि गाउँपालिकाले हिमा गाउँपालिकाको प्रथामिक स्वास्थ्य केन्द्रमा समेत निशुल्क आखाँ शिविर संचालन गरिएको छ ।