बालविवाह नै महिला हिंसाको जहर

जुम्ला ः विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो। मानव अधिकारको दृष्टिकोणवाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफनो भविष्यको मार्गचित्र तय गर्ने प्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनपर्द छ ।
यसका लागि प्राय सवै मुलुकहरुले विवाहको लागि न्यूनतम उमेर तोकेका पुर्व सहसचिब रमेश कुमार अधिकारीले बताए । उनले प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा अत्मान सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाले आयोजना गरेको बालविवाह बिरुद्धको राष्ट्रिय रणनीती ७२बारेमा आयोजना गरिएको कार्यक्रममा यस्तो बताएका हुन ।उनले भने, नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको छ ।

नेपालको संबैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयकोरुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेकोछ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । यसबाट जुम्लामा पनि अछुतो छैन । सबैको सकरात्मा प्रयासले सबै कुरा सम्बभ हुने बताए । पुर्व सहसचिब तथा प्रशिक्षक अधिकारीले गाडी गुडाउने सडकको बिकास गर्न सबै लागेको बताए । उनका अनुसार सबै भन्दा पहिले मान्छे बनाउने बिकास जरुरी छ ।

त्यस्तै जुम्लाका बालविवाहकै कारण बहुविवाह र सम्बन्धविच्छेदका घटना बढेको जुम्लका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताए । उनले भने,’महिला र बालवालिकाको दृष्टिबाट हेर्ने हो भने उनीहरूको अवस्था विकराल छ ।बालविवाहकै कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर छ,उनीहरूले मानव अधिकारको प्रत्याभुति नै गर्न पाएका छैनन । यस सबै सरोकारवाला निकायको हातेमालो आबश्यक छ ।

त्यस्र्तै समुदायमा रहेका विभिन्न अभिभावक समूह, आमा समूह, उपभोक्ता समूह, किशोरी समूह, महिला समूह लगायत समाजिक अगुवाहरूको सहभागितामा बाल विवाह बिरुद्धको अभियान संचालन . गर्न स्थानीय सरकार तयार रहेको सिजागाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए ।
त्यस्तै गाउँमा बालविवाह हुने गरेपनि उजुरीका रूपमा मुद्दा नआउने गरेको जुम्लाका निमिक्त प्रमुख धर्माराज जोसीले बताए ।
त्यस्तै बालविवाह न्यूनीकरणका विषयमा जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय बन्ने कनकासुन्दरीगाउपालिकाकी सदस्य रामदेवी काफ्लेले बताइन । बालविवाह अन्त्य गर्न स्थानीय सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउन पहल गर्ने बताइन ।

त्यस्तै आत्मा सम्मानका लागी सहकार्य क्याडनेपाल जुम्लामा संयोजक गिरीराज अधिकारीले जुम्लामा ७० प्रतिशत विवाह बालविवाह हुने गरेको बताए। उनले भने क्याड नेपालले सिजा , हिमा र कनका सुन्दरीमा तपाईको जन्म कहिले भएको हो भन्दै सर्वे थालेको छ । त्यो सर्वेको डाटाले जुम्लामा बालविवाहको अवस्था बढेको देखिन्छ । उनले भने , त्यो सर्वेको काम सूरु भएको छ ।

उनका अनुसार बालविवाह न्यूनीकरण गर्नका लागी सचेतना कार्यक्रम गर्दै आएका छौ । तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन। औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्र प्रभाव पार्न नसकेको कारण बालविवाह न्यूनीकरण हुन नसकेको महिला अधिकाकर्मीको भनाइ छ ।

त्यस्तै पातारासी गाउँपालिका महिला तथा बालवालिका शाखाका प्रमुख भगवती गीरीले आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले पनि प्लान नेपालको आर्थिक सहयोगमा जुम्लाको तीन पालिकामा पनी बालविवाह न्यूनीकरण निम्ति कार्यक्रम गरिरहेको छ। तर पनि ग्रामीण क्षेत्रमा बालविवाह घटेको बताइन । उनले भनिन,”यस्ता खालका कार्यक्रम अभियानको रुपमा संञ्चालन गर्ने पहल गर्ने बताइन ।

त्यस्तै नेपाल पत्रकारमहासंघका अध्यक्ष नेत्रबहादुर शाहीले बालविवाहले सबै बढी स्वास्थ्य र शिक्षामा मुख्य असर पारेको छ । उनका अनुसार जुम्लामा २० वर्ष नपुग्दै बिहे गरी बच्चा जन्माएर जन्म दर्ता गर्न आउँछन्। सरकारले बालविवाह न्यूनीकरण निम्ति कडा कानून निमार्ण गरेको छ।

त्यस्तै नेपाल सरकारले सन ः २०३० सम्म बाल विवाह मुक्त गर्ने रणनीती बनाएको छ । त्यही अनुसार सरकारका साझेदारी निकायका रुपमा रहेकार प्लान नेपालको आर्थिक सहयोगमा क्याड नेपालका बालविवाह बिरुद्धको रणनीति बनाउन सगाउँदै आएको प्लान इन्टरनेश्सनल नेपालका कार्यक्रम संयोजक दुर्गा क्षेत्रीले बताइन । उनले बालविवाह विरुद्धमा बालक, किशोर तथा पुरुषहरूको सहभागिता सुनिश्चत गरेर कार्यक्रम अगाडी बढाइएको छ ।,


साँस्कृतिक र परम्परागत मान्यतामा आधारित सोच तथा व्यवहार परिर्वतनका लागि बालबालिका, किशोर– किशोरी, अभिभावक, शिक्षक, धार्मिक, राजनैतिक तथा सामुदायिक अगुवा, संघ संगठन लगायत सबै सरोकारवालाहरू एक जुट हुन आबश्यक छ ।

सम्बन्धित समाचार