काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा १७ जना यात्रुको मृत्यु भएको छ । घटनास्थलबाट १७ वटा शव भेटिएको प्रहरीले जनाएको छ ।
बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका ४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।
बनेपा र धुलिखेल अस्पतालमा २५ जनाको उपचार सुरु भएको छ ।