जुम्ला ः गएको असोज महिनाको १९ देखि २३ गतेसम्म परेको लगातार अविरल बर्षा र बाढी पहिरोले विशेषगरी सिंजा क्षेत्रमा धनजनको ठुलो क्षति गरेको थियोे । सो बर्षा र बाढीपहिरोले गरेको विनाश बारे अझै पनि यहाँका स्थानीयवासिले विर्सेन सकेका छन् ।
स्थानीय सरकार देखि अन्य गैरसरकारी संघसंस्थाले केही भएपनि राहत वितरणका कार्यक्रम पीडितको घरमै पुगेर वितरण गरि सकेकाछन् ।
ग्रामीण सडकदेखि राजमार्ग सम्म जोडिएका सडक खण्डपनि बाढी पहिरोले क्षति गरेपछि पुनःस्तरवृद्धिका काम भइरहेका छन ।
सिंजा क्षेत्रको केन्द्रविन्दु मानिने सिंजा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि ५ करोडको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई सहरि बिकास इकाई कार्यालय सुर्खेतले सोमबार खुला प्रतिस्पार्धा माध्यम बाट बोलपत्र प्रकाशित गरेको सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए ।
सिंजा क्षेत्रको समस्या लाई समाधान गर्नुहुने नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रति आभारी छौँ । समयमै निर्णय गरिमाग गर्ने सिंजा र कनकासुन्दरी गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिन चाहन्छ अध्यक्ष धितालले भने ,“ सडक पुनःस्तरवृद्धिका लागि हिमा गाउँपालिकाको – १ आचार्यलिहीको जिरो प्वाइन्ट देखि धिताललिही,नराकोट जाच,झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिर सम्म पुग्ने छ ।
धेरै मेहनत र लामो समय पछि अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरेको छ । ठेक्का प्रक्रिया अगाडि सहरि बिकास इकाई कार्यालय सुर्खेतले गरिसकेको छ । अब छिट्टै सिंजाका भत्किएका सडक पुनःनिर्माण हुने भएका छन् । यहाँका नागरिकको आवश्यकता र उनीहरूको माग अनुसार महशुल हुने गरि काम गरिने सिंजा गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो । कामलाई गुणस्तरीय रुपमा सम्पन्न गराउन सिंजावासीको भुमिका महत्तत्वपूर्ण रहने गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगका विकासे कामलाई तिव्र गतिमा लिनेका लागि पालिकाले खुला प्रतिस्पार्धाबाट रोलर र जेसिवी खरिद गरि पालिकामा पुगिसकेको छ । कार्यविधि बनाई संचालनमा ल्याइने सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलला धितालले जानकारी बताए ।