जुम्ला । पत्रकार महासंघ जुम्लाको बुधबार हुने १९ ओैँ बार्षिक साधारण सभाको तयारी पूरा भएको छ । महासंघ स्थापनाको एतिहासमै पहिलो पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा हुन लागेको हो ।
तोकिएकै समय विहान ११ बजेबाट कार्यक्रम शुरु हुने पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । उनले भने,ूसाधारण सभाको सबै तयारी पूरा भईसकेको छ । टाढाका साधारण सदस्य तातोपानीमा आईसकेका छन् । अन्य सदस्यहरु कार्यक्रममा उपस्थिति हुने गरि आउने छन् । कार्यक्रमलाई भव्य बनाउने तयारी छ । ू
पाहुनाहरुलाई सोमबारनै पत्रचार भईसकेको हुनाले कार्यक्रममा साधारण सदस्य अतिथि लगायत सबैको अर्थपुर्ण सहभागिता रहने अपेक्षा छ ।
पर्यटकिय क्षेत्र तातोपानी धाराको पर्यटन प्रर्बद्दनका लागि साधारण सभाले टेवा पुराउने आशा छ ।
कार्यक्रमको तयारीका लागि पत्रकार महासंघको टोली मंगलबार साँझनै तातोपानी आईपुगेको छ । कार्यक्रमको उदघाटनका लागि आएका पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई लगायतका अथितिहरु कार्यक्रम स्थल तातोपानीमा पुगि सकेको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले जानकारी दिए ।
साधारण सभा संचालनका लागि तातोपानी गाउँपालिकाको विशेष सहयोग रहेको छ । यसका साथै महासंघका जन्मदाता पूर्वअध्यक्षहरु,अग्रज पत्रकाहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।