गाउँपालिका अध्यक्षमा पराजित सिंह प्रदेशसभामा निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह मधेश प्रदेशसभामा विजयी भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी जनमत पार्टीबाट विजयी भएका हुन् । सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा पराजित भएपछि उहाँ लोसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले आठ हजार दुई सय ९२ मत पाए । साह मधेस प्रदेश सरकारको अर्थमन्त्री थिए ।