काठमाडौं । मनाङको प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमालेका राजनले ९ सय २५ मत ल्याएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
नेकपा एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले कांग्रेसका मुनिन्द्र विजयी भएका हुन् ।
प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ । मनाङमा प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ मुख्य प्रतिस्पर्धी हुन् । २०७४ सालको चुनावमा पनि यी दुई नेताबीच प्रतिस्पर्धा हुँदा पोल्देन विजयी भएका थिए ।
मनाङ प्रदेशसभा (२) मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) सर्वसम्मत निर्वाचित भइसकेका छन् ।